मगर सङ्घ कास्कीले ३० औं मगर दिवस मनाउने
February 21st, 2012
रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, ९, फाल्गुण । नेपाल मगर सङ्घ कास्कीले सङ्घको ३० औं स्थापना दिवस एवम् मगर दिवस (फाल्गुण १५) भव्यतापूर्वक मनाउने तयारी गरेको छ।
पोखरा सभागृहबाट बाजागाजा र झाँकीसहितको र्याली सुरु भई नयाँसडक, वीपीचोक, चिप्लेढुङ्गा, भीमसेनचोक, नयाँबजार, लखनचोक हुँदै पुनः पोखरा सभागृहमा आई सभामा परिणत हुने सङ्घका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टमगरले सम्बोधन गर्ने कार्यक्रममा ८० वर्ष माथिका मगर वृद्धवृद्धा सम्मान, संरक्षक एवम् सङ्घका सम्पूर्ण एकाई समितिहरूलाई प्रमाणपत्र वितरण, तारा खेल तथा नृत्य प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाणपत्र र सम्मानपत्र वितरणलगायतका कार्यक्रम पनि राखिएको रानामगरले जानकारी दिनुभयो।
सो अवसरमा मगर समुदायमा प्रचलित मौलिक नृत्यहरू, हास्यव्यंग्य प्रस्तुति, विभिन्न ख्यातीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुतिका साथै मगर भेषभूषा, मगर परिकार र मगर भाषामा लिखित र मगर जातिसम्बन्धी पत्रपत्रिका एवम् पुस्तकहरूको स्टलहरूसमेत राखिने जनाइएको छ।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed