अमेरिकाको राजधानीमा तामांगहरुको ल्होसार
February 21st, 2012
एचकेनेपाल डट कम संवाददाता-
भर्जिनियाको बर्कमा स्थानीय तामांग सोसाईटीको आयोजनामा आईतबार भब्यरुपमा ल्होसार कार्यक्रम सम्पन्न भएको छ।
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा मुख्य अतिथि रहेको कार्यक्रममा ल्होसारको शुभकामना व्यक्त गर्दै राजदूत शर्माले अमेरिकामा यसरी ल्होसार मनाईनु सबै नेपालीलाई आफ्नो संस्कृति र पर्बप्रति जागरुक रहेको सन्देश दिनु हो भन्नु भयो।
ल्होसारको लागि बिशेष रुपले सिंगारिएको हल स्थानीय नेपाली संघ संस्थाका प्रतिनिधिहरुसहित अमेरिकाको राजधानी वाशिंगटन डीसी र वरपरका तामांग समुदाय र अन्य वासिन्दाहरुले खचाखच भरिएको थियो। तामांग सोसाईटी ग्रेटर वाशिंगटनका न्यु योर्कस्थित सोंगे संगठन तामांग सोसाईटी अमेरिकाका अध्यक्ष भरत लामा टोलीको डम्फु सेलोको प्रस्तुतिले समारोहलाई अझ लोह्सारमय बनाएको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरु तथा अतिथि कलाकारहरुले नृत्य र गीत प्रस्तुत गरेर सबैलाई नचाएका थिए। तामांग संस्कृतिको एउटा झल्को प्रस्तुत गर्ने जमर्कोमा बिहे मंगनी रीमठीम शीर्षकमा एउटा लघु नाटक पनि मंचन गरिएको थियो।
बार्षिक रुपमा तामांग समुदायले मनाउदै आएको ल्होसारमा गत वर्ष झैँ यस वर्ष पनि बृहत नेपाली समुदायका साथै अमेरिकी नागरिकहरुको पनि सहभागिता थियो।
उद्घाटन समारोह तामांग सोसाईटी ग्रेटर वाशिंगटनका अध्यक्ष श्रीलाल मोक्तानको सभापतित्वमा भएको थियो। आरम्भमा निवर्तमान तथा संस्थापक अध्यक्ष श्याम लामा वलले स्वागत जनाउनु भएको थियो। महिलाहरुद्वारा मानी मल्हम प्रार्थनावाट शुरु गरिएको समारोह लामा गुरुको पूजापछि औपचारिक कार्यक्रम संस्थाका उपाध्यक्षा बीना लामा र सचिव राज तामांगले संचालन गरेका थिए।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed