खिलाङ्ग स्कूलको लागि देश विदेशबाट २१ लाख सहयोग
February 21st, 2012
देवी जंग तमु / एचकेनेपाल डट कम -
पोखरा, ९ फाल्गुन । स्थानपति निमावि खिलाङ्गले आफ्नो स्वर्ण महोत्सवको अवसरमा देश तथा विदेशबाट करीब साढे २१ लाख रुपैयाँ आर्थिक संकलन गरी मंगलवार एक समारोहवीच महोत्सवको समापन गरेको छ।
२०१७ सालमा स्थापित कास्कीको पार्चे गा.विसमा रहेको विद्यालयमा माध्यमिक तहको कक्षा संचालन लगायतका लक्ष्यहरु राखी आइतवारदेखि आयोजित स्वर्ण महोत्सवको मंगलवार दिउंसोसम्म विद्यालयलाई २१ लाख ५४ हजार ६ सय १५ रुपैया आर्थिक सहयोग प्राप्त भएको हो। साथै देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको भन्दै करीब २५ लाख आर्थिक संकलन हुने महोत्सव संयोजक डिल वहादुर गुरुङले जानकारी दिनुभयो।
विद्यालयलाई खिलाङ्ग तमु समाज युकेबाट ७ लाख ४ हजार र युकेमा रहनुभएका प्रकाश गुरुङ ३० हजार, गुमन ध्वोज गुरुङ ५० हजार ५१, चन्द्र वहादुर गुरुङ ३० हजार, टेक वहादुर गुरुङ इलाज ५० हजार, हिम वहादुर गुरुङ ५० हजार, यम प्रसाद गुरुङ २५ हजार, देवीशोभा गुरुङ १० हजार ७, गम वहादुर गुरुङ २० हजार र यम वहादुर गुरुङ र उहाँकी श्रीमती रुपा गुरुङबाट २५ हजार रुपैया विद्यालयलाई प्राप्त भएको आर्थिक संयोजक शेर वहादुर गुरुङले जानकारी दिनुभयो। साथै विद्यालयलाई खिलाङ तमु समाज पोखरा, खिलाङ्ग गाउँ, पार्चे, चिप्ली, सिक्लेस, ताङतिङ, तप्राङ्ग लगायतका वरिपरीका गाउँबाट ७ लाख ४ हजार ४ सय ६७ रुपैया प्राप्त भएको छ।
त्यस्तैगरी, जापानमा रहनुभएका क्लवका भूपू अध्यक्ष झलक वहादुर गुरुङ्ग, कर्ण बहादुर गुरुङ र लोकमान गुरुङबाट प्रतिव्यक्ति २०/२० हजार र डिल सुब्बा गुरुङ क, डिल सुब्बा गुरुङ ख र तारा गुरुङबाट प्रतिव्यक्ति १०/१० हजार र बेलराज गुरुङबाट ५ हजार, हङकङकमा रहनुभएका भिम गुरुङबाट २५ हजार ५१, गिता गुरुङबाट ५ हजार ५ रुपैयाँ विद्यालयलाई प्राप्त भएको हो।
“सुनौलो भविष्यको पुकार, शिक्षा नै हो आधार” भन्ने मुल नाराका साथ तीनदिनसम्म आयोजित महोत्सवमा मकाउबाट जंग गुरुङ, मिन गुरुङ र सन्तको कान्छाबाट एकमुष्ट ५० हजार, इराकबाट धन वहादुर गुरुङ र कमान सिंह गुरुङबाट ३० हजार र साउदी आरबबाट गुन्जमान गुरुङले नगद ५ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ।
महोत्सवबाट प्राप्त रकमले विद्यालयमा गरिव तथा जेहेन्दार र अल्पसंख्यक विद्यार्थीहरुको लागि छात्रवृति स्थापना गर्ने, विद्यालयमा आधारभूत कम्प्युटर शिक्षा संचालन, प्राथमिक स्वास्थ्य सेवाको व्यवस्था गर्ने लगायतका कामहरुमा खर्च गरिने बताइएको छ।
यसअघि, विद्यालयको महोत्सवमा गुरुङहरुको लोपोन्मुख घाटु प्रदर्शन, गाउँस्तरिय झाँकी तथा पञ्चेबाजा प्रस्तुति र विद्यालय तथा समाजमा विशेष योगदान पुर्याउनेहरुलाई सम्मान एवम् अन्य विविध कार्यक्रमहरु भएका थिए।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केश वहादुर गुरुङको अध्यक्षता र आदिवासी जनजाति समन्वय परिषद कास्कीका उपाध्यक्ष मन वहादुर गुरुङको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक यम वहादुर गुरुङ, थन्कु देउराली युवा क्लवका अध्यक्ष दिल्ली सिं गुरुङ, आमा समूहका अध्यक्ष देउकाउरी गुरुङ, पार्चे वडा नम्वर ३ का आमा समूहका अध्यक्ष माया देवी गुरुङ, श्रीप्रसाद गुरुङ, टिकाराम गुरुङ्ग र पार्वती गुरुङलगायतले बोल्नुभएको थियो।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. nanda jung gurung | February 22nd, 2012 at 5:27 am
That is appriciated job indeed. Hopefully the school will meet it’s target in coming days. And thank you all who have supported,participated to make it successful.
Jai khilang
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed