तमु चलचित्र धिं (घर)का कलाकारहरु सम्मानित
February 22nd, 2012
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, अभियान फिल्मस् प्रोडक्शन प्रालि पोखराले मंगलवार एक कार्यक्रम आयोजना गरी निर्माणधिन तमु चलचित्र धिं (घर)का कलाकार, प्राविधीक र सहयोगीहरुलाई सम्मान गरेको छ।
आफ्नो छैठौं प्रस्तुति धिंको छायांकन सम्पन्न भएको अवसरमा चलचित्रका नायक ओमप्रकाश तमु, नायिकाहरु दिपीका तमु र रजनी तमु, कलाकारहरु बलबहादुर तमु, सुकलाल तमु, रत्ना तमु (आमा), मनसुवा तमु, कल्पना तमु, रत्ना तमु (डाक्टर) इन्द्रा तमु, बालकलाकार गणेश तमुलाई चलचित्रका प्रमुख निर्माता दिलिपसिंह तमुले सम्मान पत्रद्धारा सम्मान गरेका हुन्।
तस्वीरः हुम तमु / एचकेनेपाल डट कम
यसैगरी, कार्यक्रममा चलचित्रका गायक धनबहादुर तमु, मनोज तमु, नरजंग तमु, शान्ति तमु, कुसुम तमु, ज्योति तमु, रुबी गौली, दर्गा परियार, संगीतकार तेजेन्द्र तमु, श्यामसुङ तामाङ, नृत्य निर्देशक जसु तमु, रमा तमु, छायांकारहरु युग तमु, कृष्णराज तमु, जुमकाजी तमुलगायत चलचित्रका निर्माताहरु दिलीपसिंह तमु, एकेन्द्र तमु, मुक्षेत्र तमु, त्रिलोक तमु, विजय तमु, ओमप्रकाश तमु, सत्य घले र सहयोगी दुधपोखरी तमु समाज, हिमालय मिलन मावि, टप्स उच्चमावि, ताङतिङ युवा क्लव समेतलाई अभियान फिल्मस् प्रोडक्सनका निर्देशक लोकबहादुर तमु, चलचित्रका चरित्र अभिनेता सुकलाल तमुले सम्मानपत्रले सम्मान गरेका हुन्।
चलचित्रका लेखक तथा निर्देशक लोकबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा धि चलचित्र छायांकन सम्पन्न भइ सम्पादन कार्य भइरहेको चलचित्रका निर्देशक बेदबहादुर श्यामले जानकारी दिदै अभियान फिल्मसले चलचित्रमार्फत तमु भाषा, कला सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने बताए। सम्मानपछि चलचित्रमा समावेश गरिएका गीतहरु प्रस्तुत गरिएको थियो।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed