सभासद काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते
February 22nd, 2012
सन्तोष काफले / एचकेनेपाल डट कम
धरान, १० फाल्गुन । मोरङ ३ नम्बर निर्वाचन क्षेत्रका सभासद् सावित्रिकुमार काफ्ले सवारी दुर्घटनमा परि गम्भीर घाईते भएका छन्।
आज विहान धरान ११ स्थित आप गाछिमा उनी सवार मोटरसाइकललाई सोही दिसाबाट आइरहेको ल्याण्डरोभरले ठक्कर दिएको थियो।
धरानबाट चतर जादै गरेको को १ ज ५९७ नम्बरकेो ल्याण्डरोभरले काफ्ले सवार को१०प ३५८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा उनी गम्भीर घाइते भएका हुन्।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काफ्लेलाई थप उपचारको लागि विराटनगरस्थित न्युरो अस्पलातल लगिएको छ।
उनको टाउकोको दायाँ भाग र खुट्टामा चोट लागेको धरान प्रहरीले जनाएको छ। काफ्ले सवार मोसाका चालक वाइसिएलका सुनसरी इन्चार्ज विनोद दियाली सामान्य घाइते भएको र उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने ल्याण्डरोभर र चालक रिजन राई चतरा प्रहरी चौकीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी राजेन्द्र विष्टले बताए।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed