भ्रष्टाचारीलाई सजाय कम भयोः बार पूर्व अध्यक्ष मैनाली
February 22nd, 2012
एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, १० फागुण । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यानमारा सरह २० वर्ष कैद सजायको ब्यवस्था हुनु पर्ने माग गरेका छन्।
रिपोर्टर्स क्लव नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मैनालीले भने-मान्छे मार्दा २० वर्ष कैद सजाय हुन्छ भने मुलुक ध्वस्त पारेर मार्नेलाई पनि २० वर्ष कैद सजाय हुनु पर्छ।
साक्षात्कारमा उनले भ्रष्टाचारको विषयलाई क्षेत्रीयता, साम्प्रदायिकता, जातीयतको नाममा राजनीति गर्न नहुने भन्दै त्यसो गरिए भोलि आफ्नै लागि प्रत्यूत्तपादक हुने चेतावनी समेत दिए।
मैनालीले नेपालको दयनिय अवस्था भ्रष्टाचारकै कारण भएको र भ्रष्टहरुको जडनै राजनीति भएको आरोप लगाउँदै राजनीति नसुध्रिएसम्म मुलुकको सक्षम हुनै नसक्ने ठोकुवा गरे।
उनले जेपी गुप्तालाई मधेसी भएको नाताले नभई स्वर्गिय काग्रेस सभापति गिरिजाप्रसाद कोइरालासहित गोविन्दराज जोसी, चिरिन्जिवी वाग्लेसहित सबैलाई मुद्दा लगाएकोले गुप्ता विरुद्धको फैसलालाई मधेसको नाममा राजनीति नगर्न सुझाव दिए।
अन्य मुलुकमा सरकारबादी मुद्दामा ९५ प्रतिशत जित्ने भए पनि नेपालमा ९५ प्रतिशतले हार्ने गरेको उल्लेख गर्दै यो कार्य आफैमा भ्रष्टाचार भएको उनको दावी थियो।
भ्रष्टाचारमा बहालबाला मन्त्रीलाई सजाय दिएर सर्वोच्चले सकारात्मक सुरुवात गरेको भन्दै अब सबै क्षेत्रको सुधारकोलागि सबै एक जुट भएर लाग्नु पर्ने बताए।
उनले भ्रष्टाचार मुलुक बर्बादीको जड भएकोले भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्रलाई कडा पारेर लाखौ जनतामाझ खुलामन्चमा भाषण गरिरहेको नेतालाई समेत पक्रेर ल्याउन सक्ने अवस्थामा पुर्याउनु पर्ने भन्दै बहालबाला र सेवामा नरहेका सबैको छानविन हुनु पर्ने बताए।
उनले अरु पद धारण गरेकाको छानविन हुने भए पनि न्यायाधिश र अख्तियारका पदाधिकारीको भ्रष्टाचार छानविन गर्ने कानूनको अभाव औल्याउँदै उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउने कानून बनाउनु पर्ने धारणा राखे। उनले भने-प्रहरी, न्यायपालिका, राजनीति सबैतिर भ्रष्टाचार ब्याप्त रहेको दावी पनि गरे।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. rabin | February 23rd, 2012 at 6:12 am
20 barsa pani hoina janma kaid hunu parchha>
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed