तमु संग्रहालयका लागि बेलायतमा २७ लाख संकलन
February 22nd, 2012
मिलन तमु / एचकेनेपाल डट कम-
अल्डरसट । लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरमा बन्दै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैया संकलन भएको छ।
गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित तमु (गुरुङ) संग्रहालय सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा सहभागी भएका चन्दादाताबाट उक्त रकम संकलन भएको हो।
तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम
च्यारिटी डिनर कार्यक्रमका संयोजक एकेन्द्र गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्य र काउन्सिलर गम गुरुङ, तमु धिं यूकेका अध्यक्ष मुछेत्र गुरुङ, तमु प्ये ल्हुं संघका सेक्रेटरी भेगलाल गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष कृष्ण बहादुर गुरुङ, डा. चन्द्र बहादुर गुरुङ, र प्रो. नारायण गुरुङको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट एनआरएन यूकेका अध्यक्ष कुल आचार्यले तमु जातीय तथा सांस्कृति झल्काउनका लागि गरिएको यो महत्वपूर्ण कार्यको सरहना गरे भने ओमेन्द्र गुरुङले अतिथिहरुलाई स्वागत गर्दै हराउन लागेको कला र संस्कृतिको जर्गेनागर्न र अध्ययन र अनुसन्धानका लागि संग्रहालय महत्वपूर्ण सावित हुने बताउदै करीब ३ रोपनी जग्गामा बन्न लागेको संग्रहालयको मूलद्वारमा डा. हर्क गुरुङको प्रतिमा राखिएको जानकारी गराएका थिए।
संयोजक एकेन्द्र गुरुङले च्यारिटी डिनर कार्यक्रमको औतित्यको बारेमा बोल्दै प्रमुख अतिथि, बिशेष अतिथिलगायत उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरेका थिए भने आर्थिक संयोजक क्या. देव गुरुङले संग्रहालयका लागि सहयोग गर्ने चन्दादाताहरुको नाम सुनाएका थिए।
कार्यक्रममा एनआरएन आईसीसीका सदस्य विश्व आर्दश पण्डित, एनआरएन यूके यूरोपका सहसंयोजक लक्ष्य बहादुर गुरुङ, एन.आर.एन.यूकेका पूर्व अध्यक्ष र्सूय गुरुङ, तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं यूकेका भूपू अध्यक्ष मेजर डमर घले, उपाध्यक्षद्धय रामचन्द्र गुरुङ, कमल गुरुङ, सल्लाहकार भक्त गुरुङ, क्या.रि. तिर्थमान गुरुङ, सदस्य रामकुमार गुरुङ, हङ्गकङ्ग यूके नेपाली मञ्चका विश्वजंग गुरुङ, एनपिसीसी यूकेका अध्यक्ष लोक गुरुङ, ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष महेश गुरुङ, नेशा यूकेका अध्यक्ष केश गुरुङ, उपाध्यक्ष भोज प्रसाद गुरुङ, पोखरेली मञ्च यूकेका उपाध्यक्ष नन्द कुमारी गुरुङ, महासचिव मनप्रसाद गुरुङ, चारभञ्ज्याङ समाज यूकेका अध्यक्ष ले. चन्द्र बहादुर गुरुङ, पर्वत वेलफेयर सोसाईटीका अध्यक्ष रस गुरुङ, सिक्लेस समाज यूकेका अध्यक्ष नन्दजंग गुरुङ, घाचोक माछापुच्छ्रे समाज यूकेका अध्यक्ष डिलरास गुरुङ, लमजुङ समाज यूकेका पूर्व अध्यक्ष चन्द्र प्रसाद गुरुङ, सहारा यूकेका मिन गुरुङ, दिलिप गुरुङ, पैयांखोला समाज यूकेका अध्यक्ष, सृजनशील नेपाली समाजका शेर बहादुर सुनार, शिव कल्चर सेन्टरका भिम बानिया, एनआरएन यूकेका हितकाजी गुरुङ, सुस्मा राई, क्या. बालकृष्ण गुरुङ, रमेश वास्तोला, इलमपोखरी समाजका अध्यक्ष मोहन सिं गुरुङ, गण्डकी वेलफेयर सोसाईटीका अध्यक्ष खमिरजंङ्ग गुरुङ, क्याट यूकेका अध्यक्ष हिमाल गुरुङ, ग्रेटर रसमोर नेप्लिज कम्यूनिटीका पूर्व अध्यक्ष मधुकर गुरुङ, तमु धिं यूके हमसायर्र इकाईका अध्यक्ष ले.यादव गुरुङ, रेडिङका अध्यक्ष नरजंग गुरुङ, मिस यूके नेपालका आयोजक शान्ति गुरुङ, एभरेष्ट टाइम्सका सम्पादक हरि कुमार (काजी) गुरुङ, पूर्ण गुरुङ, फोटो ग्राफर मिलन तमु, नेपाली टिभीका हरिमान गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एंव विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
ओमेन्द्र गुरुङ, प्रेम गुरुङ, क्या. देव गुरुङ, र एकेन्द्र गुरुङको सक्रियतामा सम्पन्न भएको कार्यक्रमलाई चन्द्र गुरुङ, दल गुरुङ र विधान गुरुङले सहयोग गरेका थिए भने अन्जली गुरुङ, उमा गुरुङ, अञ्जु गुरुङ, प्रमिला गुरुङले प्रवेश द्वारमा सहयोग गरेका थिए।
निरमाया रोधीं घरको सांगीतिक कार्यक्रमसहित सम्पन्न भएको कार्यक्रमलाई प्रेम गुरुङले संचालन गरेका थिए।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News, बेलायत समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. rabin | February 23rd, 2012 at 6:10 am
bhaisi hanne maphi kai rachha kohita?
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed