ब्यापारीले कृतिम अभाव सृजना गरेः आपूर्तिमन्त्री
February 23rd, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ फाल्गुन । बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमले माग अनुसार प्रयाप्त आपूर्ति गरिरहेको भए पनि ब्यापारीहरुले कालो बजारी गर्न कृतिम अभाव सृजना गरेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले आयल निगमले माग अनुसारको डिजेल, पेट्रोल, मट्टीतेल र ग्यासँको आपूर्ति गरिरहँदा समेत बजारमा अभाव हुनुले ब्यापारीहरुले कालाबजारीको लागि कृतिम अभाव सृजना गरेको प्रष्ट भएको ठोकुवा गरे।
उनले ग्याँस बुलेटमा राखेर सिलिण्डरमा नभरी उद्योगहरुले कृतिम अभाव सृजना गरेको बताए। उनले पेट्रोल पम्पले पनि बाँडेर आधा भएपछि भल्भ बन्द गरेर सकियो भनि लुकाएर अभाव सृजना गर्ने गरेको पाईएको जानकारी दिदै कृतिम अभाव सृजना गरेर कालाबजारी गर्नेलाई अब सरकारले कुनै पनि हालतमा नछाडने चेतावनी दिए। उनले थपे-मलाई थाहा छ कुन कुन पम्प र ग्याँस फिलिङ स्टेशनले लुकाएर कालाबजारी गरेका छन्। उनीहरुले अब आपूर्ति सुचारु नगरे कसैलाई पनि म छाड्दिन।
उनले मुनाफा खोरी र सरकारलाई बदनाम गराउने योजनाका साथ अभाव सृजना गरिएको आरोप लगाउँदै अब कडा अनुगमन गरी कालाबजारी गर्ने सबैलाई कारवाही गर्ने स्पष्ट पारे। उनले कालोबजारी गर्ने र कम ग्यास फिलिङ गर्ने हिमाल ग्याँसका प्रवन्धकलाई थुनामा राखेर कारवाही सुरु गरिएको बताउँदै मन्त्रालयले ब्यापारीहरुलाई अभाव अन्त्यकोलागि अन्तिम अल्टिमेटम दिने र सो अवधिमा समेत सहज नपारे कारवाही थाल्ने बताए।
उनले ग्यासको सहज आपूर्तिको लागि ग्याँस उद्योगलाई सिलिण्डर अनुसार भन्दा पनि सिलिण्डरमा फिलिङ गर्न सक्ने क्षमताको अधारमा ग्याँस दिने र उपभोक्ताको लागि रातो, ब्यवसायीक प्रयोजनका लागि निलो कार्डमार्फत ग्याँसको आपूर्ति सहज बनाउने योजनामा मन्त्रालय लागेको बताए।
Recent Videos:
Popularity: 80%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed