प्राध्यापकको राजिनामा माग गर्दै क्याम्पसमा तालाबन्दी
February 23rd, 2012
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, धरानस्थित केन्द्रिय प्रविधि क्यापसमा भौतिक शास्त्रमा अध्ययनरत विद्यार्थीहरुले विहीवार क्यापसमा तालाबन्दी गरेका छन्।
समाजशात्रमा मेकानिक विषयको अध्यापन गराउने प्राध्यापक देवनारायण शाहको राजिनामाको माग गर्दै उनीहरुले क्यापसमा तालाबन्दी गरेका हुन्।
शाहले अध्यापन गराउन नसकेको र यसअघि पनि सुध्रने मौका दिएको भएपनि पुन राम्रो अध्यापन नगराएको भन्दै विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरका हुन्। शाहलाई कुनै पनि हालतमा भोलिदेखि क्यापसका प्रवेश गर्न नदिने विद्यार्थी नरेन्द्र राउतले बताए।
उनले शाहले राजिनामा नदिएसम्म ताला नखोल्ने उनको भनाई छ। साथै उनले भोलिसम्म राजिनामा नदिए शाहलाई कालो मोसो र जुत्ताको माला लगाउने उनले चेतावनी दिए।
क्यापस प्रमुख पशुपति मिश्रले पनि शाहले गत असारमा भएको सर्वपक्षीय भेलामा राम्रो अध्यापन गर्ने प्रतिवद्धतासहित ६ महिनाको समय माग गरेका कारण उनको नियुक्ति नवीकरणको लागि सिफारि गरेका वताए। साथै सो भेलामा शाहले ६ महिनामा पुन विद्यार्थीहरुले अध्ययन अध्यापनको विषयमा गुनासो गरे स्वयं राजिनमा दिने लिखित सहमतिसमेत गरेको जानकारी दिए। उनले भने शाहलाई सुध्रने मौका धेरै पटक दियँै तर उहाँले अध्यापनमा सुधार गर्न सक्नु भएन।
शाहले अध्यापनका सुधार नगरेपछि कारबाहीको लागि पहल आफूले गरेका भए पनि चौतर्फी दवावको कारण नसकेका मिश्रको भनाई छ। विद्यार्थीहरुका व्यापक गुनासो आएपछि कारबाहीको लागि पहल प्रशासनले गरेको हो उनले भने - तर विभिन्न राजनीतिक दल, प्राध्यापक संगठन तथा मन्त्रालय सम्मको दवावका कारण गर्न सकिएन।
यता शाहले भने आफू सक्षम भएको र राम्रोसंग अध्यापन गराइरहेका कारण विश्व विद्यालयले आफ्नो नियुक्ति नविकरण हुदै गर्दै आएको बताए। उनले भने - म असक्षम भएको भए विश्व विद्यालयले प्रत्येक वर्ष मेरो नियुक्ति किन नवीकरण गर्छ। उनले आफूलाई राजनीतिक पूर्वाग्रहका कारण क्यापसबाट निकाल्ने क्यापस प्रशासनले षडयन्त्र गरको आरोप लगाए।
उनले २०६० सालमा क्याम्पसमा करारमा नियुक्ति लिएको क्यापसले जनाएको छ। उनको नियुक्तिसंगै उनको अध्यापनको विषयमा कुरा उठ्दै आएको भए पनि उनी राजनीतिक दवावका कारण क्यापसमा टिकिरहेको विद्यार्थीहरुले बताएका छन्।
Recent Videos:
Popularity: 80%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed