अझै बनेन अन्तरिम संविधान
August 11th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
अन्तरिम संविधान मस्यौदा समितिले अन्तरिम व्यवस्थापिकाको गठन, संविधानसभाको निर्वाचन प्रक्रियालगायतका केही विषयमा दलहरूबीच सहमति भएपछि आफ्नो मस्यौदा संविधान वार्ताटोलीलाई बुझाउने भएको छ।
दलहरूले अन्तरिम व्यवस्थापिका, संविधानसभालगायत सेना र राजसंस्थाजस्ता विषयमा छिटै सहमति गर्ने जनाएकोले मस्यौदा संविधान परिमार्जनका लागि छलफल भइरहेको छ।
समितिको कार्यावधि बुधबार नै सकिसकेको छ तर फेरि पनि म्याद थपिनसक्ने देखिएको छ।
गत असार २ गते प्रधानमन्त्री निवास, बालुवाटारमा भएको सात दल-माओवादीबीच सम्पन्न शिखरवार्ताले पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको हो।
समितिका सदस्यमा सिन्धुनाथ प्याकुर्याल, शम्भु थापा, हरिहर दाहाल, महादेव यादव, खिमलाल देवकोटा, कुमार योञ्जन, अग्नि खरेल, चण्डेश्वर श्रेष्ठ, सुनिल प्रजापति, मीन विश्वकर्मा, सुशीला कार्की, शान्ता र्राई, पुष्पा भुसाल र छत्रकुमारी गुरुङ हुनुहुन्छ।
Popularity: 20%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. pasang | August 13th, 2006 at 12:34 am
To the editor,
Pl publish this article in y’r N’paper that the 7 parties and Maos had agreed to re construction of our country after the democratic agitation. But now the parties are doing late to fulfil their talks. Hence we all the citizen of Nepal are with those who is a real patrotic. At last we will thrown out such types of culprit from the party who trying to involve the king in the comming election as a leader.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed