जनआन्दोलनको भावनाअनुरूप काम हुन सकेन, अर्को आन्दोलनको खाँचो
August 11th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
विभिन्न पेसागत सङ्घसंस्थाका प्रतिनिधि एवम् बुद्धिजीवीहरूले सरकारले जनआन्दोलनको भावनाअनुरूप काम गर्न नसकेको गुनासो गरेका छन्।
सरकारले नेपाली जनताले गत जनआन्दोलनमा व्यक्त गरेका भावना र अपेक्षाअनुरूप नभई अत्यन्त ढिलो र परम्परागत रूपमै आफ्ना काम कारबाही अघि बढाएकाले राजनीतिक नेतृत्व एवम् सरकारको संस्कारमा परिवर्तन ल्याउन नागरिक समाज आ-आफ्ना ठाउँबाट चनाखो हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
अन्तरक्रियामा दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्गठन -साफ्मा)का अध्यक्ष गोपाल थपलिया, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति सुरेश आचार्य, नेपाल बार एसोसिएसनका सचिव माधव बाँस्कोटा, प्रेस चौतारी नेपालका अध्यक्ष बालकृष्ण चापागाईं, पत्रकार श्याम श्रेष्ठलगायतले सरकारी मानसिकतामा सुधार ल्याउन फेरि अर्को आन्दोलनको खाँचो महसुस भएको धारणा राख्नुभयो।
Popularity: 21%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed