भारतले एक अर्ब छिट्टै दिने
August 11th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपालको आर्थिक एवम् सामाजिक विकासका लागि सक्दो सहयोग गर्न भारतले आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै नेपाल सरकारलाई बजेट सहायतास्वरूप रू.एक अर्ब ६० करोड केही दिनमै निकासा दिन लागेको जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत शिवशङ्कर मुखर्जीले नेपालमा विकसित पछिल्लो राजनीतिक परिवर्तनले यहाँको सामाजिक एवम् आर्थिक विकासका लागि नयाँ अवसर प्रदान गरेको बताउनुभयो।
दिगो आर्थिक विकास तथा आर्थिक क्षेत्रको पुनरुत्थानका लागि सहयोगका हातहरू बढाउन भारत तयार छ भन्दै राजदूत मुखर्जीले गएको पुस महिनापछि भारतले नेपालको आर्थिक विकाससम्बन्धी परियोजनामा दोब्बरले वृद्धि गरी परियोजनाको सङ्ख्या एक सय पैँतीस पुर्याएको जानकारी दिनुभयो।
Popularity: 21%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. pitam | August 12th, 2006 at 5:00 pm
No thanks yar we cant pay your loan.its already enough for us.hey girija lone layara fere ke garnalagis fere khane
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed