धराप विस्फोटमा पांच सुरक्षाकर्मी मारिए

August 26th, 2005

नेपाल समाचारपत्र, यमलाल भुसाल/बुटवल
माओवादीले अवरुद्ध गरेको सडक खुलाउन गएको सुरक्षाफौज विद्युतीय धरापमा पर्दा शुक्रबार कपिलवस्तुमा पांच सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको छ।

विद्युतीय धरापमा परी अन्य दुई जना सुरक्षाकर्मी घाइते भएका छन्। धराप विस्फोटपछि करिब दुई घण्टा भएको भिडन्तमा एक नाबालक गोली लागि घाइते भएका छन्।

जिल्लाको चन्द्रौटा र गोरुसिंगेबाट गएको सुरक्षाफौजको टोलीलाई माओवादीले चनही गाविसको खगेन्द्रपुर इलाकामा बिहान पौने ७ बजे धरापमा पारेको थियो। शाही नेपाली सेनाको २२ नम्बर वाहिनीले घटनामा ५० जनाको मृत्यु भएको पुष्टि गरेको छ।

सुरक्षाफौजले धराप विस्फोटनपछि भएको भिडन्तमा ठूलो संख्यामा माओवादीको मृत्यु भएको दाबी गरेको छ। भिडन्तमा वरकलपुर गाविस-३ का जोगर थारूका छोरा दुई वर्षीय सुरज थारूलाई गोली लागेको छ। घाइते दुइ सुरक्षाकर्मीलाई उपचारार्थ काठमाडौं लगिएको सेनाले जनाएको छ।

माओवादीले भदौ ९ र १० गते कपिलवस्तु बन्दको आरुवान गरेकाले महेन्द्र राजमार्गका विभिन्न स्थानमा बम र ढुंगा राखेर तथा रूख ढालेर सडक अवरुद्ध पारेका थिए।

माओवादीले जिल्लाका पिपरा, बोडगाउं, वाणगंगा, शिवपुर, धानखोलालगायतका सडकमा अवरोध पुर्‍याएर बम राखेका थिए। मृत्यु हुने सुरक्षाकर्मीको नाम खुलाइएको छैन।

काठमाडौंस्थित सैनिक जनसम्पर्क निर्देशनालयले सो भिडन्तमा दर्जनौं माओवादी हताहत भएको जनाएको छ।

Popularity: 14%

Entry Filed under: देश/ विदेश, News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2005

Most Popular Posts

More news....