परान पीयारीलाई चिठी!

August 30th, 2005

-शिव प्रकाश

आदरनीये पीर्येबुढी
सादर ‘स्यालूट’ छ,
मलाई लाग्छ हाम्रो माया-प्रीति
अझै ‘भ्यालिड’ छ।
धेरै वर्षपछि
‘बोष्टन सीटी’बाट यौटा
चिठी लेख्दैछु,
तिमी विना भुङ्रो जस्तो
रन्किएको मेरो मन
हरिया डलरले अझै सेक्दैछु।
के भनौ तिम्लाई बुढी,
स्याप्पै सुक्यो
नेपालको त्यो मेरो भुँडी।
तालु खुइलिएर
आलु जस्तो भैसक्यो
‘गीरिनकार्ड’को आशै आशमा
आधा उमेर यही गैसक्यो।
‘गीरिनकाड’ पाएपछि
लौरो किनी ल्याउछु
राम्रो डाक्टर खोजिकन
आँखा जचाउछु
एक हातमा लौरो टेकी
अर्को हातमा झोली बोकी
एयरपोर्टमा तिमीलाई भेटौंला
भेटेपछि आपसमा-
माया-प्रीति गासौंला।
साथीभाईले भन्थे बुढी
‘अम्रिका’मा सबै काम
कम्प्युटरले गर्छ
जुनसुकै काम पनि
आजको भोली हुन्छ
यो सबै बकम्फुसे कुरामात्र रैछ ।
के एत्रा! हुन्थ्यो,भुत्रा! हुन्थ्यो
हुने भए त्यो ‘गीरिनकाड’ भन्ने
प्लास्टिकको पाप्रो छाप्न
किन पाँच-सात वर्षलाग्थ्यो!
एउटा कुरा बुझ मेरी
परान पीयारी,
केही वर्षपर्ख अझै
दायाँ-बायाँ गडबड नगरी ।

हाल-बोष्टन,अमेरिका ।
(यसमा आदरणीय लगाइएको छ, प्रियको साथमा व्यंग्यात्मक रुपमा लगाइएको हो, मिल्छ कि मिल्दैन? श्रीमतीले श्रीमान्लाई जहिले पनि अदरणीय लाउनु पर्ने तर उही श्रीमान्को अर्धाङ्गीनी श्रीमतीलाई चाँही श्रीमान् भनाउँदाहरुले किन आदरणीय नलगाउने भन्ने कुरालाई व्यंग्य गर्नाका लागि पिर्ये भन्न शब्दसाथ आदरणीय लगाइएको हो। शिव)

Popularity: 14%

Entry Filed under: देश/ विदेश, Articles

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. T.B.Pandit'Bairagi'  |  August 31st, 2005 at 3:38 am

    गजल
    तिम्रो आसा लिएर निरासामा बांचेको छु
    भित्रि मन रोए पनि बाहिर म हांसेको छु

    खोलि भए बगाई दिन्थे आगो भए बालिदिन्थे
    आफूले आफैं बिर्सी बिना आंगन नांचेको छु
    भित्रि मन रोए पनि बाहिर म हांसेको छु

    फोहर भए मेरो जीवन कन्टेनरमा फालिदिन्थे
    आगो पिई यो मुटुमा तिम्रो माया सांचेको छु
    भित्रि मन रोए पनि बाहिर म हांसेको छु

    खुकुरी भो तिम्रो माया आचानो भो मेरो जीवन
    फूलको थुङ्गा टिपु भन्दा आफ्नै मनलाई भांचेको छु
    भित्रि मन रोए पनि बाहिर म हांसेको छु

    दोबाटोको बुर्की हुंदा कतिले पो कुल्चे यो मन
    तर पनि आंसुसंग तिम्रो माया साटेको छु
    भित्रि मन रोए पनि बाहिर म हांसेको छु

  • 2. anjula wagle  |  November 21st, 2005 at 6:32 pm

    ma hknepal.com ko eakdamai naya member hu.malai yo side kio barema sabai kura man paryo tara maile kabita pathaune address bhetin tesaile plz, jharko namanikan yo hknepal.com ko barema ani chat room ko barema batai din hunchaki.anjula

  • 3. ashok nepal  |  December 27th, 2005 at 11:21 am

    i am nepali from iraq i read hk nepal .com it is very good and i like this side ok

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2005

Most Popular Posts

More news....