राजधानीबाटै जहाजमा राजाको खाजा

August 31st, 2005

जनआस्था, काठमाडौं । ‘पसिना पनि काडिन्छ, अप्ठ्यारो पनि हुन्छ, धुलो पनि खाइन्छ, देशै यस्तो छ । आफ्नो देश यस्तो भएपछि त्यस्तै लुगा लगाउनुपर्‍यो, त्यस्तै जुत्ता लगाउनुपर्‍यो, हिंड्न पनि सक्नुपर्‍यो । जनताले गर्न सक्छन् भने जनताको राजाले गर्न सक्दैनन् ?’

श्री ५ द्वारा बक्स भएको अन्तर्वार्तामा यसरी जनताको जीवनशैलीमा आफूलाई पनि एकाकार गर्ने सन्देश व्यक्त भइरहेको थियो भने यता काठमाडौंबाट राजाको भावनाविपरीत भ्रमण अवधिभर अन्नपूर्ण र सोल्टी होटलको रोयल किचनबाट आइबक्समा दाल, भुजा, चरा र खसीको मासुजस्ता खाद्य सामग्रीहरु खान्सामाल जिन्सीमार्फत हेलिकोप्टरबाट ओसारियो । जनता जस्तो लगाउंछ, आफूले पनि त्यस्तै लगाउनुपर्छ भन्ने राजालाई पक्कै यस्तो गर्न मन लागेको थिएन होला, तर राजाका सेवकले मौसुफको भावना बुझ्न सकेनन् ।

पञ्चायतकालमा राजा सवारी हुंदा हेलिकोप्टरबाट बिरुवाहरु समेत ओसारिन्थ्यो र बृक्षारोपणलगायतका कामहरु गरेको देखाइन्थ्यो । यसपटक राजाबाट जनताले जस्तो लगाएको छ, त्यस्तै लगाउने हुकुम भयो तैपनि जनताले जस्तो खाएको छ, त्यस्तै खाना खानबाट भने सेवकहरुले श्री ५ लाई बञ्चित गरे । सेना, सशस्त्र र जनपथ प्रहरीले हेलिकोप्टर प्रयोग गरेर सोल्टी र अन्नपूर्णबाट राजाका लागि खानेकुरा ओसारे । आखिर खर्च जसको भए पनि राष्ट्रकै भयो । भ्रमण अवधिभरमा श्री ५ द्वारा जनताकै खान्की गुन्द्रुक, ढिंडो खाइदिएको भए कत्ति राम्रो हुन्थ्यो । शान्ति-सुरक्षाको स्थिति र जनताको पीरमर्का बुझ्न जनताका बीचमा सवारी भएका बेला विस्थापितहरुले कसरी जीविका चलाउंदैछन् भन्ने बुझ्न उनीहरुकै जस्तो रुखोसुखो खाइदिएको भए हुन्थ्यो । किन प्लेन र हेलिकोप्टरबाट दलबलकै निम्ति आइसबक्सबाट ओसारियो ? दही, मही र मकै, भटमास राजाबाट ज्युनार भएको भए के फरक पथ्र्यो ? आउंदा दिनका सवारीहरुमा राजाका सेवकहरुले राजाको भावना बुझ्न जरुरी देखिएको छ । राजा जनतासंग एकाकार हुन खोज्ने, तर सेवकहरुले नै सामन्ती व्यवहार प्रदर्शान गर्ने हो भने श्री ५ को भनाइ र व्यवहारमा तादाम्य हुन सक्दैन ।

श्री ५ बाट आफ्नो अन्तर्वार्तामा सुशासन र बित्तीय अनुशासनका कुराहरुमा जोड दिइबक्सेको छ । तर, किन कालोसूचिमा परेका मन्त्रीहरुले बैंकको ऋण चुक्ता गर्ने अग्रसरता देखाउंदैनन् ? यस्तै कालोसूचिमा परेकाहरुलाई मन्त्री र उपाध्यक्ष बनाउन किन श्री ५ लाई सुझाव टक्य्राउने गरिन्छ ? सिनेट श्रेष्ठ र जगत गौचनजस्ता मान्छेलाई मन्त्री बनाइयोस् भनेर किन राजावादीहरुबाट सिफारिस गरिन्छ ? राजावादीहरुको यस्तो व्यवहारले गर्दा श्री ५ को भावना एकातिर, तर सरकारको काम अर्कातिर हुन गएको हो । श्री ५ आफैंबाट यस्ता भ्रष्टहरुलाई मन्त्री पदमा राख्ने इच्छा व्यक्त गरिबक्सेको हो भनेर अनुमान लगाउनु भनेको चाहिं राजाको भनाइ र गर्राईमा दरार देख्नु हो ।

राजाबाट जनताको जीवनशैलीजस्तै आफ्नो पनि बनाउन खोज्नु सकारात्मक कुरा हो । तर, यो त्यागलाई मूर्तरुपमा देखाइयोस् भनेर आमनागरिकले शुभेच्छा व्यक्त गर्न पक्कै पनि पाउनुपर्छ ।

Popularity: 14%

Entry Filed under: देश/ विदेश, News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. vibhishanrai  |  August 31st, 2005 at 5:18 am

    Very Nice And Gr8 job ,Saptahik Jana ASHTHA

  • 2. SUNIL  |  September 5th, 2005 at 8:19 am

    I found it is a very good Comment.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2005

Most Popular Posts

More news....