हलेसी बिबिक्यु पार्टीका फोटोहरु र केही शब्दहरु

July 4th, 2005

- पशन तमू
केही समय यता ब्लग साइट थप भए पछि मलाई केही सहज महसुस भएको छ र मलाई स्वतन्त्र रुपले लेख्न सजिलो भएको छ ।

यो पृष्ठभित्र प्रवेश गरेपछि यहांहरुलाई शुरुमा अल्लमल्ल पर्नु स्वाभाविकै हो । किन भने यहां तपाईले कतै समाचार जस्तो सामाग्री देख्नु हुन्छ त कतै वेकम्मफुसे गफ मात्र देख्नु हुने छ र कतै साहित्यिक लेख-रचनाहरु पनि देख्नु हुनेछ ।

हाम्रा सबै पाठकहरु मात्र समाचार पढ्ने उद्धेश्यले आउंदैनन । कोही बर्षौंदेखि हराएका आफ्ना साथी भाईका खोजि गर्न पनि यहांसम्म आएका हुन्छन् त कोही नयां साथीहरु बनाउंन पनि आउंछन् । कोही रसरंग र रमाइलो गर्न पनि आउंछन् त कोही आफ्ना विचार र भावना साट्न पनि आउंछन् ।

त्यतिमात्र होइन, आफ्ना कला, सिप र प्रतिभाहरुलाई देखाउंन पनि यहां आएका हुन्छन् । लेख्नु पनि कला हो, फोटो खिच्नु पनि कला हो र फोरममा आफ्ना विचार र तर्कहरु उठाएर सबैलाई आफूतिर आकृष्ट गर्नु पनि कला हो । फोरमको कुरा गर्दा मैले जियालाई सम्झेको छु । उनी कुराकानी फोरम का सबभन्दा सक्रिय युवती पनि हुन् । उनी यही हंगकंगबाट नै आएकी । उनले एक दिन विभिषण राईको पक्षमा बोलेर मलाई उनीद्धारा सम्प्रेषित फोटोहरु किन अफडेट गरिएन कारण चाहिइयो भनेर च्याट बक्समा पोष्ट गरेकी रहेछिन् ।
एक क्षण त मेरो दिमाग खराव भयो । उनले मसंग ठाडै कारण माग्दा । र सम्झंदै गएं स्वाभाविक छ उनको आक्रोस ..। शुरुमा मैले केही समान रुची भएका साथीहरुसंग सल्लाह गरेर www.HKNepal.com स्थापना गरेको थिएं । एक बर्ष भयो यो साइट सञ्चालनमा आएको । यो नेपाल र नेपालीहरुका निम्ती छोटो समयमै अत्यन्त लोकप्रिय भयो । म उहांहरु सबैलाई हार्दिक धन्यवाद दिन्छु ज-जसले यो साइटको भलो चाहे र यसलाई निर्विवाद
प्रेम गरे ।

शुरुमा हामी केही साथीहरुको सक्रियतामा सञ्चालनमा आए पनि अहिले आएर सबैको आफ्नै साझा प्लेट फर्म भएको छ । मनको भारी बिसाउंने साझा चौतारी भएको छ र यसलाई सबैले आफ्नै ठानेको छ । यो साइटलाई हंगकंगमा बस्ने नेपालीहरुले त आफ्नै स्वाभिमान, गौरव र प्रतिष्ठा नै ठानेका छन् ।

त, कुरा हुदै थियो जियाको । हो उनलाई अधिकार छ आफ्नो आक्रोश पोख्न । किन भने फोरममा विभिन्न विषय बस्तुहरुको उठान गरेकी छिन् उनले । सक्रियता देखाएका छिन् उनले । यो साइटलाई लोकप्रिय बनाउंनमा उनको पनि कही न कंही योगदान रहेको छ । जिया जस्तै थुप्रै युवा - युवतीहरुको योगदान रहेको छ । त्यस कुरालाई मैले भुल्नु हुदैन ।

तर हाम्रा पनि केही वाध्यताहरु छन् । प्राविधिक कठिनाईहरु आई पर्छन् बेला बखत । कहिलेकांही सेर्बरमा समस्या पर्छ । सफ्टवेयरहरुले काम गर्दैनन् । र सबैलाई थाहा भएको अर्को कुरा हो समयको । व्यस्तताले भनेकै बेला केही गर्न सक्तैन कहिलेकंाही । र यी सबै अफ्ठ्यारा र वाध्यताहरुसंग संघर्ष गरेर भएपनि हामीले हामी सबैका निम्ति केही न केही दिने जमर्को गरिरहेका छौं अद्यावधि ..। त्यस्ता पक्षहरुलाई जिया जस्ता अन्य सहकर्मी वा सुभचिन्तकहरुले पनि बुझ्नु जरुरी छ । हामी सबैले आफ्नै निम्ति केही न केही गरिरहेका छौं होइन र ..

मैले यस पल्ट एक जना नयां फोटोग्राफर बिभिशन राईले खिचेका फोटोहरु समावेश गरेकोछु । खोटांग हलेसी बिबिक्यु पार्टीका फोटोहरु । यहांहरुलाई कस्तो लाग्छ आफ्ना प्रतिक्रियाहरु राख्न नभुल्नु होला ।

cam हलेसी बिबिक्यु पार्टीका फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्

Popularity: 24%

Entry Filed under: देश/ विदेश, Entertainment, Hong Kong News

6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Jeewan  |  July 4th, 2005 at 3:11 pm

    Thanks Mr. पशन तमू and बिभिशन राई great Job.

  • 2. rajivrai  |  July 5th, 2005 at 12:33 am

    Its so nice of Pashan Dai ….and hey Vibhi thanx soooo much for snaps ( but where r u ???) !! sadly I missed that bbq yaar..

  • 3. Jiya  |  July 5th, 2005 at 1:11 am

    Thanks Pashan dai, at last u did it ( ups !! sorry hai ;-) ) an thanks Vibhi, nice work, hope for same in future.

  • 4. Jiya  |  July 5th, 2005 at 1:21 am

    Dear Pashan dai

    I’m very sorry for if i give u any headach, but I told Vibhi also that its coz Or admin have there own work also so maybe everybody is bg in ther own job, an come home late so maybe no time to update.But it would be sooo good if we have some forum for compalin.so the people like me no need to complain in message box, an admin don’t have to delet it ( Ups ! sorry dai )

    But I really really admire ur work, u know I was also the member of Dhukdhuki.com. when it close I felt very sad,but after few month i saw this site ,its feel soo good, an after u joing this site this site became more popular, an running veryfast ( faster then jockeyclub’s horse ;-) )

    So I thank you ,an other admin people, how is givin this site continuty even they are bg in there daily life + there own job.Ur doin GR8
    wISH u a VERy BEST OF LUCK.

    an atlast Thanks Pashan dai again that u understand my complain ,( ;-) ) an didn’t mind that long.

    hoping for more good work fm admin an our members .

    have a nice day.

  • 5. vibhishanrai  |  July 5th, 2005 at 2:40 am

    PASHAN TAMU dai i m very sorry about that complain, Inspite of I really really love this site, n there r some technical problem and some difficulties and then cause of busy in hong kong.So that it
    was being let obiously.Again i m very sorry PASHAN DAI.

    Thank u very much,
    Have a nice day,Dai
    Yours Vibhi

  • 6. sita lamsal  |  April 24th, 2006 at 9:38 am

    hai i like this pag but may photo to atcha what can i do but i dont no

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in July, 2005

Most Popular Posts

More news....