तिब्बतसम्म सडक जोड्न चीन सहमत
February 15th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नुवाकोटको गल्छीबाट चीनको स्वशासित क्षेत्र तिब्बतसम्म जोड्ने पारगमन ( ट्रान्जिट) मार्गको निर्माणकार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ।
तिब्बतबाट रसुवागढीसम्म सडक निर्माणका लागि चीन सरकार सहमत भएपछि सो मार्ग यसै आर्थिक वर्षबाट सुरू हुने अर्थमन्त्री डा.रामशरण महतले बताउनुभयो।
गल्छीबाट स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म जोड्ने सो सडक निर्माणका लागि विभिन्न दातृ सङ्घसंस्थासँग आर्थिक सहयोग माग भइरहेको जानकारी उहाँले दिनुभयो।
मन्त्री डा. महतले सो मार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत बताउनुभयो।
Popularity: 22%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed