राजाले माघ १९ पछिको असफलताको जिम्मा लिने

February 19th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
राजाले प्रजातन्त्र दिवसका दिन पारेर देशवासीका नाममा सन्देश दिँदै माघ १९ पछिको सफलता असफलता, जस अपजसको जिम्मा नैतिक रुपमा आफूले लिने बताएका छन्। सन्देशको पूर्ण विवरण यस प्रकार छ-

प्यारा देशवासीहरू, आज हामी ५७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदैछौँ, जनताको हकको लागि राजा र जनता मिलेर गरेको सफल प्रयासलाई सम्झाउने यस ऐतिहासिक दिनमा प्रजातन्त्रका प्रवर्तक पूज्य जिज्यू बुबाज्यू स्वर्गीय श्री ५ त्रिभुवन तथा प्रजातन्त्रका लागि आफ्नो जीवन उर्त्र्सग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छौँ ।

नेपालको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र जनताको चाहना नै राजसंस्थाका चाहना रहने गरेको तथ्य हाम्रो गौरवशाली इतिहासको आधारभूत पक्ष हो । तत्कालीन निर्वाचित प्रधानमन्त्रीको सिफारिसमा संविधानबमोजिम प्रतिनिधिसभा विघटन भएको र निजले संविधानले तोकेको अवधिमा निर्वाचन गराउन नसकेको तथा त्यसपछि बनेका सरकारहरूले पनि निर्वाचन गराउन नसकेकोले शान्ति, सुरक्षा कायम गरी जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याउन तत्कालीन परिस्थितिको बाध्यता एवम् जनताको चाहनाबमोजिम २०६१ माघ १९ गते हामीले कदम चाल्नु परेको कुरा प्रष्टै छ । विभिन्न व्यवधानले गर्दा अठोट गरेअनुसार जनताको प्रतिनिधित्व गर्ने निकायहरू निर्वाचनद्वारा स्थापित गराउन सकिएन । करिब १५ महिनाको अवधिमा भएको कोशिश, सफलता र असफलताको जस अपजस नैतिकरूपमा हाम्रो पनि हो । तर हाम्रो एकमात्र चाहना जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरूमार्फ शासनभार ग्रहण गर्न पाउनुपर्छ भन्ने नै रहेकोले बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने विश्वासमा २०६३ बैशाख ११ गते प्रतिनिधिसभा पुनस्थापित गरिएको कुरा पनि र्सवविदितै छ ।

बहुदलीय प्रजातन्त्रलाई सुदृढ बनाउन सम्पूर्ण नेपालीको गुनासो, आकाङ्क्षा र भावनालाई सबैको चित्त बुझ्ने गरी परिपक्व ढङ्गमा सम्बोधन गरेर जननिर्वाचित निकायहरूको स्थापना गर्नुपरेको छ । नेपाल गाउँ, सहर, तर्राई, पहाड र हिमालमा बस्ने तर्राईबासी, आदिवासी, जनजाति र दलित सबै नेपालीको साझा फूलबारी हो । यही शाश्वत सत्यलाई पालन गरेर नै नेपालको राष्ट्रियता र अखण्डता जोगिएको कुरा सबैका लागि सँधैको लागि स्मरणीय छ । नेपालको लागि नेपाली जनता नै मार्गदर्शक हुन् । नेपाली जनता बहुदलीय प्रजातन्त्रको र्सार्थक अभ्यासद्वारा समुन्नत नेपालको निर्माण गर्न चाहन्छन् । इतिहासको सम्मान गरेर मात्रै आफ्नो विशिष्ट पहिचान सुरक्षित रहन्छ भन्ने स्वाभिमानी नेपालीहरूको अटल विश्वास छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसले सबै नेपालीको भावनात्मक सहमति र सक्रिय सहभागिता सुनिश्चित गरी, जनताको इच्छाको सर्वोच्चतालाई सुमेरु मानेर बहुदलीय प्रजातन्त्रको माध्यमबाट नेपाल र नेपालीको बृहत्तर हितमा समर्पित रहन सबैलाई प्रेरणा देओस्- यही हाम्रो कामना छ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !

Popularity: 11%

Entry Filed under: News

6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. prakash ghatane  |  February 19th, 2007 at 4:13 am

    gaba goru le bato chorera hedcha taspachai bato ma lawny goru lai hirkawnu parcha ani balla mattra bato ma aaucha bhaneko sunako thiya hamro raja ko aja ko din samjida malai tyo kura po yad aao ha……….ha…………ha……………………….

  • 2. kaji  |  February 19th, 2007 at 9:01 am

    The speech of the suspended king is just a crocodile’s tear. Through the speech it seems that the former tyrant pleaded guilty to his past mistakes and seems that he is seeking support from public . But its too late . He muist be punished for his past dids.

  • 3. dol raj  |  February 19th, 2007 at 9:34 pm

    First thing how n why this speech come from Gyanendra,he is no more Head of the state.I agree with Mr Kaji, it is just crocodile tear.2nd thing if we achived Democracy 57 year ago,why this janandolan2063. & what we are going to say n celebreate Baishak 11 2063.

  • 4. patirot  |  February 20th, 2007 at 3:09 am

    राजा को वक्तब्यले यो प्रस्ठिन्छ कि अझै कालो नजर देश को गद्दि माथि छ! नत्र यो भाषण् दिनु जरुरि थियो जस्तो मलाइ लाग्दैन! तेसैले हे भाङ्रे नेता हरु हो कुर्शि को लागि लडनु छोडिदे पहिला त्यो कालो बिरालोले बाटो काड्नु अघि नै समातेर दरबार् हत्या कान्ड छानबिन् आयोग् राम्ररि गठन् गरि दोषि लाइ जैल् म लगि हालिदे होइन भने भोलि अर्को कान्ड नघट्ला भन्न सकिन्न र जस्मा तिमि हरु को नाउ को अगाडि स्व: थपिएला! यो अवस्था भनेको आफ् आफ्नो खुट्टा तानेर लड्ने अवस्था होइन!देखेनौ अझै भाषण् मा के के भन्दैछ! भोलि को दिनमा फेरि हिजो को झै गल्ति दोहोरियो भने सुन मावोबादि काम्रेड् ज्यु हरु हो तिमि हरु लाइ पनि जनता र जन् अन्दोलन् का शहिद हरु को रगत् र आशुं ले सराप्ने छ! बेलै मा होस गर!

  • 5. patirot  |  February 20th, 2007 at 3:19 am

    अब नेपाली जनता को जुन आश र भरोशा छ तेसमाथि खेल्वाड गर्ने कुनै पनि नेता अथवा पार्टी हरु ले नसोचे हुन्छ येदि भोलि को दिनमा जनता लाइ बाध्यता बनायौ भने हेर नेता हरु हो तिमि हरु को दुर्दशा आउछ!!तेसैले बेलै मा होस गर अनि जनता को आंखा मा छारो हाल्ने काम नगर!!सोच भोलि जनता बन्दुक समाइ आन्दोलन मा उत्र्यो भने तिमि हरु को हालत् के हुन्छ???????

  • 6. patirot  |  February 20th, 2007 at 3:22 am

    अब नेपाली जनता को जुन आश र भरोशा छ तेसमाथि खेल्वाड गर्ने कुनै पनि नेता अथवा पार्टी हरु ले नसोचे हुन्छ येदि भोलि को दिनमा जनता लाइ बाध्यता बनायौ भने हेर नेता हरु हो तिमि हरु को दुर्दशा आउछ!!तेसैले बेलै मा होस गर अनि जनता को आंखा मा छारो हाल्ने काम नगर!!सोच भोलि जनता बन्दुक समाइ आन्दोलन मा उत्र्यो भने तिमि हरु को हालत् के हुन्छ???????अब नेपाली जनता को जुन आश र भरोशा छ तेसमाथि खेल्वाड गर्ने कुनै पनि नेता अथवा पार्टी हरु ले नसोचे हुन्छ येदि भोलि को दिनमा जनता लाइ बाध्यता बनायौ भने हेर नेता हरु हो तिमि हरु को दुर्दशा आउछ!!तेसैले बेलै मा होस गर अनि जनता को आंखा मा छारो हाल्ने काम नगर!!सोच भोलि जनता बन्दुक समाइ आन्दोलन मा उत्र्यो भने तिमि हरु को हालत् के हुन्छ???????

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....