सहारा युकेको सपना चकनाचुर, झापा क्वार्टरफाइनलमा (+Photo)

February 23rd, 2007

धन बस्नेत एचकेनेपाल डट कम पोखरा, फेब्रुअरी २३ -
पोखरा ११ फागुन/गोल्डकप नै उचाल्ने सपना बोकेर पाँचौ आहा गोल्डकपमा आएको भ्रमणकारी टोली सहारा युके अधिकांश राष्ट्रिय लिग अनुभव संगालेका खेलाडीहरु सम्मिलित नाइट चेस झापासित टाईब्रेकरमा स्तब्ध भएको छ। टाइब्रेकरमा प्रहार गरिएको दुई पेनाल्टीलाई झापाका गोलकिपर दिलिप क्षेत्रीले पञ्च गरी फालिदिएपछि टाईब्रेकरको अनुभवहीन सहारा युके नाइटचेससँग ४-१ को अन्तरले पराजित हुदाँ क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सकेनन्।

झण्डै १ सय २० मिनेटसम्म दुवै पक्षबाट बराबरी भएपछि रेफ्री लब खत्रीले निर्णयको लागि अघिल्लो दिनको झैं टाईब्रेकरको सहयोग लिनुपरेको थियो। चार बेलायती खेलाडी सहित पाँचौ आहा गोल्डकप खेल्न आएको युकेको तर्फबाट मिडफिल्ड जोन सिर्लेको प्रहार गोलकिपर दिलिप क्षेत्रीले उत्कृष्ठ ढंगले डाइभिङ पञ्च गरी फालिदिएपछि नाइट चेसको क्वार्टरफाइनल सहज बन्न पुगेको थियो।

एडिडास म्यान अफ दि म्याच दिलिप क्षेत्रीले जीवन राईको पेनाल्टी पनि पन्च गरी बचाउ गरेका थिए। पोखरेली खेलाडी दिपेश श्रेष्ठले गरेको एक मात्र गोल सहारा युकेको लागि सान्त्वना मिलेको थियो। नाइट चेस क्लब झापाका लागि अनुभवी खेलाडी सुवास राई, विनोद लामा, प्रदीप आचार्य र दिपक तामाङले सहजै गोलमा परिणत गरी क्वार्टरफाइनलको यात्रा पक्का बनाए।

दोस्रो हाफ सकिन केवल दुई मिनेट बाँकी छँदा पाएको पेनाल्टी खेर जादाँ खेल आधा घण्टा लम्बिएको थियो। नाइटचेसका सुवास राईले पहिलो प्रहर गोलमा भएपनि रेफ्री लब खत्रीले मान्यता दिएनन र दोस्रो पटक प्रहार गरेको पेनाल्टी सहारा युकेका स्थापन्न गोलकिपर दोर्जे ग्याल्साङले पन्च गरी बाहिर फालिदिएका थिए। सहारा युकेका कप्तान नवल गुरुङ डिबक्सभित्र हातमा लागेपछि नाइटचेसले उत्तरार्द्धको ४४ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो।

पेनाल्टी नै बचाउ भएपछि नाइट चेसको दुर्भाग्य निम्तिएपनि अन्त्यमा टाईब्रेकरमा अनुभवको पाठ सिकाउँदै क्वार्टर फाइनल प्रवेश गरेका हुन्। आयोजक सहारा क्लबले सहारा युकेको पक्षमा देखिएपनि झण्डै छ हजार दर्शक भने नाइट चेसको पक्षमा हुटिङ गरेका थिए । एनआरटीका १० जना, आरसिटीका ३, जावलाखेल युथका एक तथा व्वाइज युनियनका खेलाडीहरु नाइट चेसका तर्फबाट पोखरा रंगशालामा अन्तिम प्रिक्वार्टर फाइनलको लागि मैदानमा उत्रिएका थिए।

निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा नाइट चेसका गतिला र भरपर्दा स्ट्राकर ऋषि राईले सहारा युकेको गोलकिपर क्राइग बक अगाडि आएको मौका छोपी हल्का फ्लिक गर्दै खेलको ४५ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। झण्डै २५ यार्ड परबाट हिर्काएको हल्का सट गोलकिपर बकले उक्त गोल पेनाल्टी बक्सबाट जाली चुमेको जिल्ल परेर हेर्नु सिवाय अर्को बिकल्प थिएनन्।

पहिलो हाफको अन्तिम समयमा अग्रता लिएर टुंगिएको खेल दोस्रो हाफको ४ चौथो मिनेटमा आइपुग्दा बराबरी हुन पुगेको थियो। खेलको ४९ औं मिनेटमा प्रताप सैजुले बायाँ डिबक्स रेखा नजिकैबाट प्रहार गरेको बल झापाका गोलकिर क्षेत्रीले चालै नपाए दोस्रोबारमा ठोकिदैं पोष्ट भित्र छिरेको थियो। अधिकांश पोखरेली दर्शकको समर्थन पाएको झापाले शुक्रबारको खेलमा केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धेकेलियो।

त्यसो त पहिलो हाफको तुलनामा दोस्रो हाफमा निकै शसक्त रुपमा प्रस्तुत भएको सहारा युकेको स्ट्राइकरको फिनिसिङ दक्षता नदेखिदाँ हारको संकट टार्न कसैले सकेनन्। खेलको ८४ औं मिनेटमा डिबक्स नजिकै पाएको फ्रीकिक नाइट चेस झापाका सुवास राईले युकेका गोलकिपर ग्याल्साङको हातमा हालिदिएका थिए। ‘फरवार्डमा दुवै पक्षको फिनिसिङमा प्रत्यक्ष कमजोरी देखियो।’ झापाका प्रशिक्षक कुमार बस्नेतले प्रतिक्रिया दिदैं भने-’दुवैले उत्कृष्ठ खेलेका हुन् दुर्भाग्य भएपनि अन्त्यमा भाग्यको साथ मिल्यो।’ उता सहारा युकेका प्रशिक्षक जेफ ग्लासगो र कप्तान नवल गुरुङले हारले विरक्तिदाँ कुनै प्रतिक्रिया दिन मानेनन्। शनिबारको पहिलो क्वार्टर फाइनल खेल पोखरा सहारा र फ्रेण्ड्स क्लबका बीच हुने छ।

पोखराबाट धन बस्नेत फागुन ११ गते
तस्वीरः सुदर्शन रञ्जित एचकेनेपाल डट कम पोखरा

Popularity: 12%

Entry Filed under: News, Sports

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. BB LIMBU, LINGDEN, JHAPA, NOW IN UK  |  February 23rd, 2007 at 11:16 pm

    WELL DONE JHAPA FOOTBALL TEAM KEEP IT UP CONGRATULATION TO WINNING SHAHARA UK, AND I DO HOPE YOU ALL BE FINALIST. CONGRATULATION.

  • 2. Rajen chongbang,jhapa,now, canada  |  February 24th, 2007 at 4:06 am

    धन्यवाद छ झापाको टिम लाई ,यसरी नै प्रगती गर्दै जाओस् आशा छ यसपाल झापाको राम्रो चान्स् छ ।हेर्नु नपाए पनि जितेको सुन्न पाए धेरै खुशी लग्यो।अझै जितेको सुन्नु पाओउ है, झापाली खेलाडी साथीहरु।धन्यबाद्

  • 3. R gurung,jhapa now hong kong  |  February 24th, 2007 at 6:08 pm

    WELLDONE !! jhapali kheladi haru,ani final ma pani win garne kosis garnus u guys can do it WISH U ALL THE BEST!!! n congratulations to all.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....