माअ‍ोवादी सरकारमा गएपछि भ्रष्टको सम्पति जफत हुने

February 25th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले जनताको पहलविना महान् राष्ट्रको निर्माण हुन नसक्ने बताउनुभएको छ। लुम्बिनी क्षेत्रीय ब्युरोको आयोजनामा आज बुटवलमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको राजनीतिक नेतृत्वले जहिले पनि जनताको ऐतिहासिक आन्दोलनलाई सम्झौतामा र अपुरो ठाउँमा टुङ्ग्याउने गरेकाले क्रान्तिले कहिल्यै पनि पूर्णता नपाएको धारणा राख्नुभयो।

माओवादीको केन्द्रीय नेतृत्व तहका नेताहरूले कम्तीमा पनि तीन दशकसम्म व्यक्तिगत जग्गा, घर र सम्पत्ति नराख्ने नीति बनेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- “नयाँ नेपालको अहिले नयाँ नेपालरूपी बच्चा अपहरण गर्न खोजिँदैछ, त्यसको अपहरण हुन नदिन सबै सचेत हुनुपर्छ।”

क्रान्तिबाट प्राप्त फलको रक्षा गर्न सकिएन भने देश फेरि दुघटनामा पर्ने खतरा छ भन्दै उहाँले दश वर्षो जनयुद्धबाटै सङ्घात्मक गणतन्त्र, संविधानसभा र राज्यको अग्रगामी पुन संरचना जन्मेको विचार राख्नुभयो।

माओवादी सरकारमा गएपछि भ्रष्टाचारीहरूले कमाएको अकुत सम्पत्ति जफत गर्ने, उनीहरूलाई कारबाही गर्ने र त्यसबाट आएको सम्पत्ति गरिबी घटाउन र नयाँ विकासको पूवाधार तयार गर्ने काममा लगाइने उहाँले बताउनुभयो।

अहिले पनि ढल्न लागेको राजसंस्थाले षड्यन्त्रका तानाबुना बुनिरहेको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल चाँडै गणतन्त्रको युगमा प्रवेश गर्ने विचार व्यक्त गर्नुभयो।

माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले देशलाई सङ्घीय गणतन्त्र घोषणा नगरेसम्म नेपाली जनताको क्रान्ति पूरा नहुने धारणा राख्नुभयो।

सात राजनीतिक पार्टी र माओवादीको मतैक्य हुने हो भने अन्तरिम विधायिकाको बैठकबाटै मुलुकलाई गणतन्त्रको घोषणा गर्न सकिने विचार व्यक्त गर्नुभयो।

Popularity: 12%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. patriot  |  February 26th, 2007 at 12:00 am

    यहाँ हरुले गर्न लाग्नु भएको कार्य अति राम्रो छ! यहाँ हरु सत्त्तामा गए पछि पनि यो कुरा भुल्नु भएनकी हिजो को दिन मा यहाँ हरु लाई जङल पस्न के ले र कसरी बाध्ध्य बनायो?? र जनता हरु ले के आशा राखेका छन यहाँ हरु बाट!ठिकै हो भ्रश्टाचारि को सम्पति जफत् गरिनु पर्छ तर एउटा कुरा यहाँ हरु ले पनि ध्यान् दिनु पर्ने केहो भने यहाँ हरु बाट भोलि को दिन् मा गएर भ्रस्ट नेता हरु को जन्म नहोश् र जनता को आशा र भरोशा को हत्या नहोश्!!! मेरो यहि कामना छ!!!!!

  • 2. krisna  |  February 26th, 2007 at 2:39 pm

    GHAR MA KHANU NABHAYA PATCHHI COUNTRY KO MONEY NA KHAYA K GARNU HAU

  • 3. ram sherpa  |  February 26th, 2007 at 7:58 pm

    Hihghly respected prachanda n babu ram,you should be known that if you put your 2 legs in 2 boats you will not cross the river.then why verbally support to the right demands of madeshi n janajaati association? then why your party try to stop their peaceful demonstration? i don’t understand clearly.im 1 of the supporters to the maoist party.but sometime complicates me.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....