जेष्ठभित्र संविधान सभाको निर्वाचन नभए देशले बाटो बिराउने छः नेपाल

February 26th, 2007

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
जेष्ठ भित्र संविधान सभाको निर्वाचन सम्पन्न भएन भने मुलुकले बाटो विराउने छ। उक्त कुरा नेकपा एमालेका महासचिव माधवकुमार नेपालले बताउनु भएको हो।

नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरियाद्धारा आयोजित उक्त भेटघाट तथा स्वागत कार्यक्रमलाई प्रमुख अतिथिको तर्फाट बोल्दै महासचिव नेपालले अगाडि थप्नु भयो, अहिले मुलुकमा संविधान सभाको निर्वाचन गर्न नदिने प्रपञ्च रचिंदै गरेको र तयसको संकेत राजा ज्ञानेन्द्रले दिएको सम्बोधनबाट प्रष्ट भएको बताउनु भयो। वहांले संविधान सभाको निर्वाचनमा बाम पार्टीहरुको प्रष्ट बहुमत आउने तर यसको लागि बाम एकता हुनुपर्नेमा जोड दिनुभयो।

नेपाली प्रगतिशील मोर्चाका अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न सो भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणी पोखरेलले अबको नयां नेपाल निर्माणको सत्ताको सांचो नेपालीहरुको हातमा राखेर बनाउनु पर्छ भन्ने ९६ हजार शाही नेपाली सेनाको घेराउमा रहेको राजा ज्ञानेन्द्रले संविधान सभाको निर्वाचन हुन नदिन पुनः बक्तब्यबाजी गरेको बताउनु भयो। वहांले अगाडी थप्नु भयो, भारत र अमेरिकाको हस्तक्षेपले गर्दा संविधान सभाको निर्वाचन समयमा हुन नसक्ने भएको हुनाले बेलैमा सचेत रहनु पर्ने खुलासा समेत गर्नुभयो।

नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरियाका सचिव मनोहरलाल श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा बोल्दै नेकपा माओवादीका बर्तमान सांसद भिक्षु आनन्दले अब मुलुकले चांडै अग्रगामी परिवर्तन पाउंदै गरेको खुलासा गर्दै दक्षिण एसियामै परिवर्तनको शुरुवात भएको बताउंनु भयो। नेपालमा पनि चांडै परिवर्तन हुने बताउनुहुदै उहाँले भन्नु भयो यदि जेठ भित्र संविधान सभाको निर्वाचन भएन भने माओवादी संसदमा नरहने बताउनु भयो। उक्त भेटघाट तथा स्वागत कर्यक्रमलाई सम्बोधन गर्दै संयुक्त बाममोर्चाका सांसद गणेश शाहले संविधान सभाको निर्वाचन अगाडी नै सम्पूर्ण बाम एकता भए राष्ट्रले कम्युनिष्ट नेतृत्व लिने दावी गर्दै गणतन्त्र स्थापना गर्न आठ दल लागि परेको बताउनु भयो।

कार्यक्रममा एन आर एन (आइसीसी) का केन्द्रीय प्रतिनिधी रुद्र शर्माले प्रवासी नेपालीहरुलाई संविधान सभाको निर्वाचनमा मतदान गर्नबाट बंञ्चित गराएकोमा दुःख ब्यक्त गर्दै यदि नयां नेपालको निमार्ण गर्ने हो भने प्रवासी नेपालीहरुलाई संविधान सभाको निर्वाचनमा भाग लिन दिनु पर्ने बताउनु भयो।

सो कार्यक्रमको स्वागत भाषण प्रगतिशील मोर्चाका उपाध्यक्ष लक्ष्मण राईले गर्नु भएको थियो। स्मरणीय रहोस् नेपाली प्रगतिशील मोर्चाद्धारा आयोजना गरिएको उक्त भेटघाट तथा स्वागत कार्यक्रममा नेपाली जनसम्पर्क समिति, नेपाली जनसम्पर्क समिति (प्रजातान्त्रिक) एवम् नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षहरुलाई अतिथिको समेत स्थान नदिई नयां परम्पराको शुरुवात दक्षिण कोरियाको प्रवासी भूमिमा गरेको यो नै सम्भवतः पहिलो घटना हो।

Popularity: 12%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. baba+rajesh+sudiksha maden {limbu}  |  February 26th, 2007 at 3:47 pm

    प्रबासी हरु लाइ त मतदान त होइन नगरिकता बाट नै समाप्त गर्नु पर्छ|
    राजेश+बाबा
    नरिसाउनु होला है प्रबासी हरु
    बिचरा हरु आफ्नो जन्म भुमी बाट त पराइ भयो भयो मतदान बाट पनि बन्चित ह ह ह ह ह
    यो कस्तो मानब अधिकार हो कि प्रबासी हरु लाइ चिप्लाउने खकार?
    तर मेरो बिचार मा मातृभुमी प्रती माया हुनेहरु लाइ त मतदान गर्न सम्म त अधिकार दिनु पर्ने हो|
    किनकी जननी जन्मभुमी त प्यारो न्यानो नेपाल नै होनी त मन सबै को उस्ताइ हो एउटा को मन रोयो भने हाम्रो पनि त मन रुन्छ किन भने यो हाम्रो नेपाली मुटु नेपाली मन र नेपाली माया हो अनि नेपाली बिशेषाता हो| पहिलो भनै प्रती गम्भिर नवन्नु होला यो त एउटा भनै मात्र हो|

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....