“जेठमा संविधानसभा संभव छैन, गणतन्त्र घोषणा गरौँ”

February 27th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आठ दलको एकताका साथ सबै जनताको सहयोगबाट लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकिने बताउनुभएको छ ।

केन्द्रीय जनसभा आयोजक समितिको आयोजनामा दाङमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अहिले प्रतिगामी र अग्रगामी शक्तिबीच अन्तिम लडाइँ चलिरहेको बताउनुभयो ।

आगामी जेठ महिनामा संविधानसभाको निर्वाचन हुने स्थिति छैन भन्दै उहाँले अब व्यवस्थापिका संसद्बाट गणतन्त्रको घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले १२ बुँदे समझदारीदेखि हुँदै आएका समझदारीको सही रूपमा कार्यान्वयन हुन नसकेकामा सात दलको आलोचना पनि गर्नुभयो ।

राजपरिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने निर्णय भए पनि सरकारले अहिलेसम्म एकपैसा पनि राष्ट्रियकरण नगरेकामा आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले साम्राज्यवादीको चङ्गुलमा नफस्न सबै जनतासँग आग्रह गर्नुभयो ।

Popularity: 12%

Entry Filed under: News

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. baba+rajesh+sudiksha maden {limbu}  |  February 27th, 2007 at 3:22 pm

    गणतन्त्र प्रचन्डको पेवा भयो अनि उस्को राजनैतिक नै यही भयो जसो कसो गर्‍यो उहि गणतन्त्र | गणतन्त्र बहेक प्रचन्ड लाइ अरु केही बोल्न आउदो रहेनछ होइन त साथी हो?

  • 2. sanrosh  |  February 27th, 2007 at 5:24 pm

    ओ सोल्टी तिमीलाई गण्तन्त्र भन्ने थाहा छैन जस्तो छ ।१० बर्ष गण्तन्त्रको लागि जङगल पसे उसले त्यो कुरा नगरि अरु के कुरा गर्नु त ?
    तिमी जस्तो बिदेशमा धन कमाउन गको हो र ? आफ्नु ज्यानको माया मारेर ?

  • 3. aakash  |  February 27th, 2007 at 10:27 pm

    हो साथी यि प्रचन्डले साच्चिकै राम्रो मोडलको गणतत्र ल्याउन आटे जस्तो छ , भएका पुल्, बिद्युत टावर , संचार सबै भात्काएर हतियार को भरमा सोझा जनतालाई तर्साउ ने जनताको भोट बाट हारिने डरले गणतन्त्र घोषणा गरिहाल्नु पर्‍यो भनेर कराउदै हिंडेको भरमा कसैले प्रचन्डलाई गणतन्त्र दिदैनन्, आर्को कुरा हिजो साम्सद भनाउदो (माओवादी) बिष्टले साम्सद भावना भित्र नै आफु सँग हतियार साथमै भएको कसैले कारबाही गर्ने भए गर नत्र भनेर धम्किको भाषामा बोलेछ लाज नै नलागेको तेसलाइ? बिचरा औठा छाप होला कहाँ छु भन्ने नै थाहा पाएनछ !सरकाराले तेसलाइ तुरुन्त हिरासतमा राखेर अनुशासन को पाठ सिकाउनु पर्‍यो किनकी प्रचन्डजिको गणतन्त्रम अनुशासन नै रहेनछ कि कसो । । । । । । । ।?

  • 4. baba+rajesh+sudiksha maden {limbu}  |  February 28th, 2007 at 7:59 pm

    हो यार आकाश {AAKASH} जि को भनै ठीक हो किनभने गणतन्त्र को नारा दिएर गरीब निमुखा हामी जनता लाइ बिदेश पलायन हुन वाध्य पारीने यो प्रचन्ड रुपी उग्रपन्थी हामी लाइ चाँहीदैन गणतन्त्र ल्याउने भन्दै सार्वजनिक सम्पत्ति देखि निजी गरीब जनताको घर सम्पत्ति कब्जा गर्ने प्रचन्डको गणतन्त्र हामी लाइ सुन्न पनि मन लाग्दैन सनरोश {SANROSH} जि तपाईं लाइ के थाहा छ गाउ बस्ती घुमेर हेर्नुस् तपाईं हामी जस्तै नेपाली हरु लाइ माओवादी हरुले दिएको पिडा देखेर जिउनु भन्दा मर्नु नै बेस् हुने स्थितिमा नेपाली हरु रोएर पनि बाच्नु वाध्य छन त्यसै ले आलोचना गर्दा बुझेर गर्ने प्रयास गर्नु होला होइन भने पागल मा दर्ता गरिने छ| के बहु दलिय जनवअद्को को बिउ रोप्ने मदन भण्डारी लाइ जनता मार्न आउँदैन थियो होला र होइन ? होइन बिल्कुल होइन त्यसैले प्रचन्ड त गणतन्त्र बादी होइन २१औ सताब्दी को हिटलर हो ?
    हामी माधव नेपाल ले भने गणतन्त्र मान्न तयार छौ तर प्रचन्ड को गणतन्त्र फासी बादी माओवादी मान्न तयार छैन|

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....