गुरुङ र भण्डारीलाई सृजनशिल पत्रकारिता पुरस्कार (+Photo)

May 16th, 2007

धन बस्नेत एचकेनेपाल डट कम पोखरा, मे १६ -
स्व. गजेन्द्र भण्डारी स्मृति सृजनशिल पत्रकारिता पुरस्कार यो वर्ष नेपाल पत्रकार महासंघ कास्कीले दुई जना युवा पत्रकारलाई प्रदान गरेको छ।

पोखरालाई कार्यक्षेत्र बनाई लामो समयसम्म पत्रकारिता मार्फत समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका युवा पत्रकार राजबहादुर गुरुङ र महिला पत्रकार दुर्गा भण्डारीलाई संयुक्त रुपमा प्रदान गरेको छ।

महासंघले बुधबार आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय सभापति विष्णु निष्ठुरीले पत्रकारद्वयलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। पुरस्कारको राशी १० हजार र सम्मान पत्र रहेको छ।

सो अवसरमा पुरस्कृत पत्रकार राजबहादुर गुरुङले आफूले प्राप्त पाँच हजार रुपैया नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन निर्माण प्रयोजनका लागि सोही कार्यक्रममा केन्द्रीय सभापति निष्ठुरी मार्फत कास्की सभापतिलाई प्रदान गर्नुभयो।

पत्रकारद्वयलाई संयुक्त रुपमा प्रदान गरिएकोले ५/५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा महासंघ कास्कीका सभापति रविन्द्र बास्तोलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

एचकेनेपाल डट कमका विशेष सहयोगी समेत रहनु भएका गुरुङले पोखराबाट समाचार तथा जानकारीहरु उपलव्ध गराउनु भै देश विदेशमा रहेका नेपाली पाठकलाई सुसूचित गराउंदै आउनु भएको छ। सृजनशिल पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुनुभएका पत्रकारद्वयलाई एचकेनेपाल डट कम र यसका पाठक हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछ।

पोखराबाटः समाचारः धन बस्नेत
तस्वीरः सुदर्शन रञ्जित एचकेनेपाल डट कम।

…………………………………………………………………………………………..
राजबहादुर गुरुङलाई भण्डारी स्मृति पत्रकारीता पुरस्कार
एचकेनेपाल डट कम पोखरा, मे २ -
एचकेनेपाल डट कमका सहयोगी तथा पोखरा हिमालय टाइम्स दैनिकका सम्बाददाता राजबहादुर गुरुङलाई नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी स्मृति पत्रकारीता पुरस्कारबाट सम्मान गरिने भएको छ।

महासंघ कास्कीका अनुसार पुरस्कार छनौट समितिको सिफारिस बमोजिम सो निर्णय गरिएको हो। छनौट समितिमा वरिष्ठ पत्रकार कुशुमकेशब पराजुली, नारायण भट्टराई र रुद्रबहादुर थापा हुनुहुन्छ भने सो समितिमा महासंघका सभापति र सचिब पदेन सदस्य रहने व्यवस्था रहेको छ।

पुरस्कृत गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका उपसभापति, साप्ताहिक पाक्षिक राष्ट्रिय सन्जालका पश्चिमाञ्चल उपाध्यक्ष, रिपोर्टस क्लब कास्कीका अध्यक्ष हुनुहुन्छ। उहाँ पोखराबाट प्रकाशित जनमन्थन साप्ताहिकका प्रधानसम्पादकका रुपमा कार्यरत हुनुहुन्छ। पुरस्कारको राशी १० हजार र सम्मानपत्र रहेको छ।

महासंघले सोही पुरस्कारबाट च्यानल नेपालका सम्वाददाता दुर्गा भण्डारीलाई समेत सम्मान गरिने भएको छ। पत्रकार महासंघका कास्कीका सभापति रबीन्द्र बास्तोलाको सभापतित्वमा सम्पन्न बैठकले सो निर्णय गरिएको महासंघको बिज्ञप्तिमा उल्लेख छ।

पुरस्कार आगामी जेठ २ मा बितरण गरिने समेत विज्ञप्तिमा जनाएको छ।

Popularity: 12%

Entry Filed under: News

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. LAL kumar Rai  |  May 2nd, 2007 at 2:33 pm

    LA RAMRO GARNU BHAKO RAHECHA GURUNG KO CHORA TYO MATHI PANI JANA JATI LE YESTO PURUSKRIT HUNU RAMRO HO .
    HAMI PARDESS JANA BADYATA BHAYETA PANI nEPAL MAI BASNE LE RAMRO GARNU BHAKO MA BADHAI CHA.
    haal= Dubai

  • 2. Gurkha  |  May 16th, 2007 at 7:59 pm

    राजबहादुर गुरूङ र दुर्गा भण्डारीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना

  • 3. Mhiki  |  May 16th, 2007 at 8:06 pm

    Congratulations to Mr.Rajbahadur Gurung and Ms.Durga Bhandari! Personally I know Mr.Rajbahadur, nice to hear that he is awarded. Keep it up. Wish you both all the best.

  • 4. Sujan  |  May 16th, 2007 at 8:11 pm

    Congratulations…

  • 5. raju  |  May 16th, 2007 at 10:12 pm

    hello Raj sir.. really u were lookin’ more charmin’ while takin’ ur award n i’ like ur speech tooo… keep it up …! And as ur bro i like to give u congratulations too. …my best regards and wishes
    was , are n will always with u…!

  • 6. Ambu Gurung  |  May 16th, 2007 at 10:37 pm

    राजबहादुर गुरूङ र दुर्गा भण्डारीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना

  • 7. Rajan  |  May 17th, 2007 at 3:22 am

    Raj Bahadur Gurung g le jun puruskar kaski ko patrakar ko bhawan Nirman mai pradan Garnu bho sarai ramro garnu Bho. waha Jasto Tyage manche Nai hamro muluk ma Chahencha kaso ?

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts

More news....