श्रीमानलाई भेट्ने बित्तिकै मृत्यु

May 6th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एसएलसी परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ परेका परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका पियन मङ्गल बखुन्छेकी श्रीमती सानुमाया बखुन्छेको जेल परेका श्रीमानलाई भेट्ने बित्तिकै मुर्छित भएपछि मृत्यु भएको छ ।

कटुन्जे गाविस वडा नं. २ निवासी मङ्गल बखुन्छे पक्राउ परेकै दिनदेखि चिन्तित बनेकी सानुमाया बुधबार महानगरीय प्रहरी परिसरमा श्रीमानलाई भेटेपछि अचानक मुर्छा परेकी र उपचारका लागि तत्काल इवामुरा अस्पताल लागिएकोमा होस आएपछि घरमा ल्याइएको थियो।

अस्पतालबाट घर ल्याउँदा पेट दुखेको बताएकी उनको राति १२ बजे अचानक मृत्यु भएको थियो।

आफूले प्रवेशिका परीक्षाको प्रश्नपत्रको पोकोबाट प्रश्नपत्र झिकेर रु. आठ हजारमा बेचेको स्वीकारिसकेका मङ्गल बखुन्छे र प्रश्नपत्र बेच्ने भनिएका शिक्षक केशवचरण श्रेष्ठ, प्रकाशमान श्रेष्ठ र बालकृष्ण श्रेष्ठलाई गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीले रु. एक लाख जरिवाना र छ महिना कैद माग गरी भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

Popularity: 11%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. gopal bhattarai  |  May 11th, 2007 at 6:27 am

    oho kati dukha lagne kura yo.meri patni pani gharma chen Aab m ghar jadapne yasti hunita hoina ?k garnu samya sang khelna saknu parch hoenar yaar ?

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts

More news....