संविधान सभाको साइत मंसिर १० गते

May 14th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
असारमा हुन नसक्ने भनिएको संविधान सभाको निर्वाचनका लागि मंसिर १० गते सोमबार उचित साइत भएको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बताउनु भएको छ।

केही दिनको विश्रामका लागि हिजो विराटनगर पुग्नुभएका प्रधानमन्त्रीले आफ्नो निवासमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उक्त जानकारी दिनुभएको हो।

उहाँले राजालाई अहिले मन्दिर जाने अधिकार मात्र रहेको र षड्यन्त्र गरिरहे त्यो अधिकार पनि खोस्ने चेतावनी पनि दिनुभयो।

तीन दिनको बसाइका लागि यहाँ आउनुभएका प्रधानमन्त्री कोइरालाको यो भ्रमण अन्त्यत निजी तथा आरामका लागि भएको र उहाँको कुनै औपचारिक कार्यक्रम नरहेको नेपाली काङ्ग्रेस मोरङका सभापति अमृत अर्यालले जानकारी दिनुभएका छन्। ।

प्रधानमन्त्री कोइरालाले हिजो कोइराला निवासमा भेला भएका सञ्चारकर्मीहरूलाई ‘’आज प्रेसलाई केही छैन, भोलि बिहान कुरा गर्नेछु'’ भन्नुभएको थियो।

Popularity: 11%

Entry Filed under: News

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Mhiki  |  May 14th, 2007 at 6:05 pm

    गिरिजा बाबुले जहिले पनि बिराटनगरमा गएर मात्रै केही नौलो कुरा गर्ने बानी अझै गएको रहेनछ । आठ दलको बैठक त्यसै अलपत्र छाडेर बिराटनगर गएपछी यस्तो कुरा गर्नुले के कुरको पुषटी गरेको छ भने उनी एक्लै हिंड्न चाहन्छन् । अब गिरिजा बाबुलाई सद् बुद्बि कस्ले देला र । भगवान भरोसा ।

  • 2. Buddha ko shanti sabailai gyat hosh...  |  May 15th, 2007 at 3:03 am

    Manko Baha sabailai Kaha…

    Kabi Ta Hoina Ma,kalam Afai Koriyo,
    Nepal Amako Haal Bhirko Tarul Jhai Heriyo,,

    Charitartha Hunchha Jharla Ra Khamla ko Upama,
    Kahile Pani Gham Lagena Nepal Amako Koprama,,

    Tatto Na Chharo Hunchha Sabaiko Kamaro,
    Yauta Chwassa Kabita Lekhyachhu Tapai Hamro,,

    Bujjhnai Sakiyana Ho Bayobrida Girijako Bani,
    Bishram Garna Bhani Bhagi2 Grihanagar jani,,

    Bhanne le Sachai Bhanya Rahechha,
    Budho Goru Ra Syaal Yakai2 Rahechha,,

    Kam kuro Kathmandotira,
    Budho Haddi Biratnagartira,,

    Yastai ho Bhane Niko Chal Chaina,
    Gyane Binako Nepal GPK le Sochnai Sakena,,

    Belaima Hosh Puryau He Sojha Jantaho,
    Khun Pasina Nasukdai Asuli Garna Nachuka Ho,,

    -Joman Rana

  • 3. bharupal /united kingdom  |  May 15th, 2007 at 6:41 am

    गिरिजा जि, मलाई लाग्दैछ् कि गणतन्त्र घोषणा गर्न निकै ढिलो भई सकेको छ। अब पनि जनताको चाहनालाई लात मारेर कुर्सिको मोहमा फस्ने प्रापञ्च रच्न सकिन्छ भन्ने सपना देख्नु भएको छ भने तपाईंको थोत्रिएको दिमाख मक्की सकेछ भन्ने स्वत: प्रमाणित हुन्छ।
    आजको युग दम्भी र एकलकाटे बिचारले चल्दैन।
    समयको मागलाई भुझ्न नसक्नेको हालत सधैं असफलतामा टुङिन्छ। यो कुरा राम्रो सँग बुझिराख्नुहोस् गिरिजा जि!
    आज भन्दा तेह्र बर्ष अगाडि ताप्लेजुङ् जिल्लाको सदरामुकामको बांसे स्टाजमा एउटा हावाल्दारले लोकल ठरा धोकेरा नेपाललाई म सिङापुर बनाउछु भनेको जस्तो होईन।
    आज म देख्दैछु कि तपाईंले नेपाललाई सिङापुर बनाएको चै मलाई थाहा छैन तर झिङ्गपुर चै अबस्य बनाएकै हो। यो त सबै नेपाली जनताले देखेको छ।
    गिरिजा जिको नियत त अस्ती नै थाहा भैइसक्यो, जब एक्कासौ शताब्दिको बिष्णु अवतार ग्याने जि अर्को भगवानको दर्शन गर्न मन्दीर जाइ लागि बक्स्यो।
    ओरालो लाकेको मरेको मिर्गलाई किन गिरिजा जि काँधमा बोकेर हिँ हां गर्दै हुनुहुन्छ् , मैले बुझ्न नसकेको गाठी कुरा यही छ।
    तर, गिरिजा जि एउटा कुरा बुझी राख्नुस् –
    अब पनि दिन दहडै जनतालाई ‘ अन्ध्यारो छ, सुत्न जौ’ भन्ने जस्तो सोछ राख्नु हुन्छ भने जनताले तपाईं मर्दा कफनमा फूलहरुको खात् होइन एघार साइजको लात् बजारने छन। त्यस खेर तपाईंको आत्माले सुद्ध् शान्तिको श्वास फेर्ने छैन।
    छिट्टै होस् पुर्याएस्।।
    बुढो दिमाखमा तत्कालाई चेतना भया!!!!!

  • 4. "Ganatantra saranam gachchhyami"  |  May 18th, 2007 at 3:47 am

    You are right bharupal ji,soraiana thick tapaiko bicharma ma pani shamat chhu…thanks
    Joman,Thailand

  • 5. "Ganatantra saranam gachchhyami"  |  May 18th, 2007 at 3:57 am

    You are right bharupal ji,soraiana thick tapaiko bicharma ma pani shamat chhu…
    GPK ko Budho dimagma gham lagdaina,
    Gyane Mohle ganatantra audaina,,
    Ki deu ganatantra chado ki kurchi chhodeko besh,
    Aber bhaisaky,Hoina bhane bajdaina timro shesh,,

    thanks
    Joman

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts

More news....