शरणार्थीमाथि अन्धाधुन्ध गोली, एकको मृत्यु
May 30th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
स्वैच्छिक फिर्ती अभियान अन्तर्त भुटान जान लागेका भुटानी शरणार्थीमाथि भारतीय सीमा बल सुरक्षा बल (एसएसबी)ले मंगलबार अन्धाधुन्ध गोली चलाउंदा एक जनाको मृुत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।
गोली लागी मृत्यु हुनेमा १८ वर्षीय सहबहादुर देवान छन्।
झापा र मोरङका भुटानी शरणार्थी सोमबार लङ मार्च गर्दै मेची पुल पार गरेका थिए। उनीहरुलाई एसएसबीले रोके पछि भुटान फिर्ती माग राख्दै मोहन तामाङ र राजमान गुरुङ धर्ना बसेका थिए। धर्ना बसेका दुबैलाई बोलाई कार्यक्रम स्थगित गर्न धम्की दिएपछि शरणार्थीहरु आक्रोशित बनेका थिए।
आक्रोशित भीड सुरक्षा घेरा तोडेर अगाडि बढ्न थालेपछि भारतीय प्रशासनले दिउंसो ३ बजे कर्फ्यू जारी गरेका थियो। कर्फ्यूको उलङ्गन गर्दै शरणार्थी अगाडि बढ्न थालेपछि भारतीय सीमा बल सुरक्षा बल -(एसएसबी)ले अन्धाधुन्ध गोली चलाएका थिए।
Popularity: 20%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. prakash | May 30th, 2007 at 9:38 pm
अरे वाह् इन्डिया ! पस्नुको लागि ग्रीन सिग्नल् दिनु मिल्छ भने जाँदा किन रेड सिग्नल् बलेको ग्रीन सिग्नल् नै दिनुनी ? तिम्रो देशमा पनि अंमिरिकी सेनाहरु इराकमा जस्तै छपक्कै लाग्नु पर्ने हो, तर धेरै दिन बाँकी छैन इन्दिया ! अनि के भुटानी रिफिउजी सच्चिकै डेमोक्रटिक् रेवोलुसनरी फाइटर् हो भन्नेमा पनि शन्खाई लागेको छ, अंम्रीका जानु नपाउने भएपछि मेचिपुलकै बास भयो अब होइन र ?
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed