लमजुङमा आदिवासी विद्यार्थीको अन्तर्क्रिया कार्यक्रम
July 3rd, 2007
आश गुरुङ ‘प्रतीक’ एचकेनेपाल डट कम लमजुङ -
संविधान सभा, राज्यको पुनर्संरचना र समावेसी लोकतन्त्र विषयक अन्तर्क्रियात्मक विचार गोष्ठी आज मंगलवार लमजुङ सदरमुकाम वेसीशहरमा सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, लमजुङको आयोजनाका भएको कार्यक्रममा वक्ताहरुले संविधान सभा अगावै आदिवासीहरुको समस्यालाई सरकारले सुनुवाई नगरे संविधान सभाको निर्वाचन कल्पना मात्र हुन सक्नेमा जोड दिएका थिए ।
कार्यक्रममा आदिवासी जनजाति वुद्धिजीवि एवं नेता जमिन्द्रमान घले, विद्यार्थी महासंघका केन्द्रीय महासचिव भुपेन्द्र पुलामी मगर, महासंघका लमजुङ अध्यक्ष रणवहादुर गुरुङ, एमाले सचिव मायानाथ अधिकारी, माओवादी सचिव वुद्धिराम तमु, काँग्रेसका आनन्द घिमिरे, प्रजातान्त्रिकका अम्विका घिमिरे, मानवअधिकारवादी संस्था इन्सेकका लमजुङ प्रतिनिधि कृष्णप्रसाद अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा सफरका अध्यक्ष धनञ्जय दवाडीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने आदिवासी जनजाति विद्यार्थी महासंघ लमजुङका अध्यक्ष वीरेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
लमजुङबाट आश गुरुङ ‘प्रतीक’ एचकेनेपाल डट कम
Popularity: 21%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed