श्रम सम्झौतामा हस्ताक्षर
July 4th, 2007
एचकेनेपाल डट कम सम्वाददाता काठमाडौं, जुलाई ४ -
नेपाल र संयुक्त अरब इमिरेट्सवीच मंगलबार श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा हस्ताक्षर गरिएपछि नेपाली कामदारको कानुनी हैसियत स्थापित भएको छ।
नेपालका श्रमराज्यमन्त्री रमेश लेखक र युएईका श्रममन्त्री डा.अलिबिन अब्दुल्लाह अलकाबीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। नेपालले कामदारहरु खाडी मुलुकमा काम गर्न पठाइए पनि औपचारिकरुपमा श्रम सम्झौता भएको यो पहिलो मुलुक हो। युएईले थप आठ लाख कामदार लाने जानकारीसमेत प्रकाशमा आएको छ।
श्रम सम्झौतापछि नेपाली कामदारहरुको न्यूनत्तम तलवमा बृद्धि हुन सक्ने छ भने उनीहरुले युएईमा कानुनी हैसियत प्राप्त गर्ने छन्। श्रम सम्झौता भएपछि नेपाली कामदारले अन्य कामदारसरह तलव पाउन सक्नेछन्।
Popularity: 21%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed