अमेरिकामा मारिएका युवक कार्कीको नाममा मेमोरियल कोष
September 1st, 2007
अमेरिकामा मारिएका युवक कार्कीको नाममा मेमोरियल कोष
एचकेनेपाल डट कम, सम्वाददाता बाल्टिमोर सेप्टेम्बर १ -
गत २६ अगष्ट आइतबार राती बाल्टिमोरमा अज्ञात बन्दुकधारीको आक्रमणबाट हत्या गरिएका नेपाली समुदायका सदस्य हिमांक कार्कीको नाममा ‘हिमांक कार्की मेमोरियल कोष’ स्थापना भएको छ।
नेपाल मानव अधिकार संगठन, (ह्युरन) अमेरिकाका सभापति राजन त्रिपाठीद्वारा जारी प्रेस विज्ञप्तिमा कोष स्थापना भएको जानकारी गराउंदै सबै नेपालीसंग सहयोगको अपेक्षा गरिएको छ।
प्रेस विज्ञप्ति -
गत २६ अगष्ट आइतबार राती बाल्टिमोरमा अज्ञात बन्दुकधारीको आक्रमणबाट नेपाली समुदायका सदस्य हिमांक कार्कीको निधन भएको दुःखद् घटनाबाट हामी अत्यन्त स्तब्ध भएका छौं । हामी यस किसिमको कायरतापूर्ण आक्रमणको घोर निन्दा गर्दछौं। यस दुःखद् घटनाले स्वर्गीय कार्कीको परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त सबै परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गर्दछौं।
दिवंगत कार्कीका आमाबुवाको चाहना उहाँहरु आफ्नो एकमात्र छोराको अन्तिम संस्कारका लागि अमेरिका नै आउन इच्छुक हुनु भएकोले अहिले हामी आवश्यक समन्वयका लागि क्रियाशीलतापूर्वक लागिपरेका छौं।
यस क्रममा कार्कीको अन्तिम संस्कारका लागि आवश्यक खर्च समेत नेपाली समुदायबाटै संकलन गर्नुपर्ने हुनाले मानवीय धर्म निर्वाह गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै हामीले बाल्टिमोरको स्थानीय नेपाली संगठन बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को समेत संयुक्त पहलमा बैंक अफ अमेरिकाको कुनै पनि शाखामा जम्मा गर्न मिल्ने, हुने गरी ‘हिमांक कार्की मेमोरियल कोष’ Himank Karki Memorial Fund को स्थापना गरेका छौं। यस दुःखद् घडीमा दिवंगत कार्कीको अन्तिम संस्कार र उनको परिवारजनलाई यथाशक्य राहत समेत हुने गरी सहयोग जुर्टाईदिन गरिएको यो मानवीय सेवाको काममा सहभागी भईदिनु हुन हामी संगठनका सबै सदस्य र सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आव्हान गर्दछौं। इच्छुक सहयोगदाता व्यक्ति एवं संघ,संस्थाले माथि उल्लेखित कोषको नाममा बैंक अफ अमेरिकाको कुनै पनि शाखामा सिधै सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।
मानवीय सेवामा समर्पित भई सहयोग उपलब्ध गराई दिनु हुन पुनः एकपटक आव्हान गर्दै कोषमा संकलित रकम दिवंगत कार्कीको परिवारजनलाई राहतस्वरुप प्रदान गरिने जानकारी सबैलाई गराउँदछौं। साथै सहयोगदाताहरुको नाम यस संगठनको वेभ साइट www.huron-usa.org मा राखिनेछ।
राजन त्रिपाठी सभापति
नेपाल मानव अधिकार संगठन, (ह्युरन) अमेरिका
फोन ४४३ ८२७ ४१७६
मितिः सेप्टेम्वर १, २००७, बनिबार
………………………………………………………….
अमेरिकामा नेपाली युवकको गोली हानी हत्या
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, अगष्ट २८ -
अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीलाई सोमबार बिहानै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन्।
करिव डेढ वर्षअघि अध्ययन गर्न अमेरिका गएका विराटनगरका १८ वर्षीय हिमांक कार्कीलाई ग्याँस स्टेशनबाहिर हत्या गरिएको थियो।
जगतनाथ कार्की र जयन्ती कार्कीका छोरा हिमांक कार्की बाल्टिमोर सिटी कम्युनिटी कलेजमा सेकण्ड सिमेस्टर शुरू गर्ने तयारीमा थिए। मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित एक ग्याँस स्टेशनमा राति काम गर्दै आएका कार्कीलाई सोमबार बिहान करिव २ बजे दुई अज्ञात समूहले बाहिर बोलाइ छातीमा चार राउण्ड गोली प्रहार गरेका थिए।
अपराधिक गतिविधि भै रहने त्यस ठाउंमा सुरक्षाका लागि बिक्री कक्षमा बुलेट प्रुफ सीसा राखिए पनि बाहिर निस्कदा उनको ज्यान गएको छ।
घटनालगत्तै प्रहरी पुगे पनि अपराधीलाई पक्राउ गर्न सकेको छैन। घटनासम्बन्धी अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।
Popularity: 20%
Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. phoolmaya | August 29th, 2007 at 9:33 pm
marchan.mareeraakho chan.k garnae country kamjor bhaye pachi jatatatai marchan.jatee invastigation garae pannee k garnae.korean jpnse bhaye patta laauthyo nepali jatee marae panee k garla.bichara
2. Kritiman | August 30th, 2007 at 12:53 am
k garne ta aba.marne marohalyo khojidine kohi chhaina. yestai chha nepali ko bibasta toy pakkai pani kuhiyera marchha jasle uslai mareko ho tyo thaha vaihalchh tesko ta sidhai “MUTU” jhikera khanu parchha natra nepali ko mann santa hune kura vayena ok.
Readers…………………….
3. supu | September 1st, 2007 at 12:13 am
kasto dukha lagdo ghatana ghatechha yaar, ke garne yestai chha jindagi ghar bata aama buba lai kati khusi rakhum la bhabise ujelo banaula bhanera bidesh ma padha gayeko manche herata bichara kasto sale haru rahey chha kehi garera khana pani na dine ke ..bichara aama buba kati royeko hola kasto man bahyeko hola ke garne ma chahanchu ki usko bas sorgha ma rahos bhane chahanchu ani jun mareko chhani teyslai pani aaru le teysari nai goli hanera marun bhane bhanda chu ja………………
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed