रेडियो सगरमाथा बन्द, पाँच पक्राउ

November 28th, 2005

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २८ –
राजधानीमा प्रसारण हुने दक्षिण एसिया कै पहिलो सामुदायिक रेडियोको रुपमा रहेको रेडियो सगरमाथा एफएम १०२.४ को प्रसारण आइतबार रातिबाट बन्द भएको छ। सरकारले आतंककारी र आतंकवादलाई प्रोत्साहन दिने कार्य गरेको भन्दै प्रसारण रोक्का गर्न आदेश दिँदै सुरक्षाकर्मीहरुद्वारा प्रसारण उपकरणहरु जफत गरी लगिएको छ।

दुई वटा गाडीमा आएका हतियारधारी सुरक्षाकर्मीहरुले एफएमको बखुण्डोलस्थित कार्यालयमा घेरा हालेर त्यहाँका कर्मचारी कसैलाई पनि टेलिफोन नगर्न धम्की दिँदै उपकरण जफत गरी पाँच कर्मचारीलाई समेत पक्राउ गरी लगेको थियो।

गिरफ्तार पाँच कर्मचारीमध्ये एक महिला पत्रकारलाई एक घण्टापछि रिहा गरिएको थियो।

उक्त एफएमले बीबीसी नेपाली सेवाबाट प्रसारण हुने कार्यक्रमलाई रिले गर्दै आएको छ। माघ १९ पछि सरकारले त्यसरी रिले गर्न रोक लगाएको भए पनि नेपाल एफएमको मुद्दामा अन्तरिम आदेश जारी भएपछि बीबीसीको प्रसारण पुनः थालिएको थियो।

बीबीसीबाट आइतबार नेकपा माअ‍ोवादी अध्यक्ष प्रचण्डको अन्तर्वार्ता प्रसारण भएको थियो। एफएमले भने अन्तर्वार्ता प्रसारण गरेको थिएन।

Popularity: 8%

Entry Filed under: News

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. krishna thapa ( jaulo )  |  November 28th, 2005 at 6:01 am

    gairkanuni sarkarko atankit hatkandako ek pachhi arko gardai nepali janta majh parda phas hudai gayeko awasthama sampurna saktiko majhma barlinko parkhal dhale jastai rajtantra pani dhalne chha.

  • 2. Suraj Prakash Sharma  |  November 28th, 2005 at 6:28 am

    राजावादी शिविरमा नौ रेक्टरको भूकम्प
    सात दल र माओवादी बीच निश्चित बुँदामा सहमति भएपछि वर्तमान सरकारको सातो पुत्लो उडेको छ। प्रचन्डको अन्तर्वार्ता सहितको वी बी सी नेपाली सेवा रिले गरेको अभियोगमा रेडियो सगरमाथामा रातारात आक्रमण गर्नु सरकारको हतास मानसिकताको उपज हो भन्ने स्पष्ट छ। अहिलेको सरकारमा बसेका सबै मन्त्रीहरूलाई सत्ता हातबाट फुत्किने चिन्ताले रातमा निन्द्रा न दिनमा चैन भएको छ। कुर्सी जोगाउन सकि हालिन्छ कि भनेर उनीहरू यस्तै घृणित काम गर्न थालेका छन्। “कुकुर बहुलाएपछि आफ्नो सामु भित्तो परेपनि टोक्छ” भन्ने उखान यहाँ चरितार्थ भएको छ। स्वतन्त्र प्रेसलाइ खोरमा थुनेर प्रजातन्त्रको नाममा सौदा गर्ने नीतिले भविश्यमा क-कस्लाइ कहाँ कहाँ पुर्‍याउला अनुमानको विषय बन्न सक्छ। तर एफ.एम.मा समाचार रोकेर तथा अन्तर्राष्ट्रिय समाचार माध्यमहरूको इन्टरनेट पेज खोल्न नदिएर सरकारले “हत्केलाले सूर्य छेक्ने” कोशिस गरेको छ। लोकतान्त्रिक आन्दोलनले नौलो मोड लिन लागेको देखेर राजावादीहरूको शिविरमा नौ रेक्टर स्केलको भूँइचालो गएको निश्चित हो। हात्तीलाइ नाङ्लो ठटाएर धपाउँला भन्ने नसोचे हुन्छ टंक जी कलमवीरहरूको लोकतान्त्रिक कलम यतिमै रोकिने वाला छैन।
    सूरज प्रकाश शर्मा

  • 3. DESH BHAKTA  |  November 28th, 2005 at 7:08 am

    Aba bhane balla rajtantra ka bharauteharule aaphno aukat dekhauna thale. Raja ko sarkar hos ki Raiti ko, ‘press Swatantrata’ bhaneko prajatantrako euta ati nai apariharya kura ho. ‘KHAI KURA BUJHEKO’ nirankushtantra ka dhupaureharule ? Aaphno ‘chihan’ aaphaile khaneko thaha napaune harulai ke bhanne ra khai ! Tyahi pani bujaun hai hamra ‘NETAHARU’ ko chalamala ke kaso chha.

  • 4. kabita gurung hk  |  November 29th, 2005 at 12:30 pm

    rajtantrale sakriya rajtantrako bato linchhaki adhipatanko bato linchha abo dherai samaya kurnu pardaina. nirankus tantra dhallyo bhane raja rakhnu hudaina.

  • 5. ramesh gurung UK  |  November 29th, 2005 at 5:59 pm

    MADAYA UGIN RAJA NATA NEPAL LAI CHAHIYEKO CHHA NATA BISWALAI NAI. AJA KO 21 SATABDIMA NEPALILAI 15 SATABDI TIRALANA KHOJNE RAJA KO AAU LAMO CHHAINA. JANATALAI SUSUCHIT HUNA KHOJNE ADHIKAR KHOSNE RAJA LE KEBAL TYO DIN KO PARKHAI MA CHHA JUN DIN NEPAL EUTA REPUBLIC NATION HUNE CHHA.

    YEDI RAJA CEREMONILA KING HUNA CHAHANCHHA RA AAU LAMO BANAUNA CHAHANCHHA BAHNE KHURUKKA SAMBIDHAN SABHA LAI SWEKAR GARA YESAI MA TIMRO BHALAI CHHA

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in November, 2005

Most Popular Posts

More news....