आज सहिद दिवस मनाइँदै
January 30th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्वतन्त्रता र प्रजातन्त्रप्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्वप्राप्त गर्ने सहिदको सम्झनामा आज नेपालभर सहिद दिवस मनाइँदैछ।
वि.सं.२००७ मा राणाशासनविरुद्ध लडेर ज्यानको बाजी लगाउने सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको योगदान चिरस्थायी राख्न र त्यसपछि २०१७, २०४६ र २०६२। २०६३ सालमा प्रजातन्त्रका लागि ज्यान दिने ज्ञात-अज्ञात सहिदको सपना साकार पार्न आज सङ्कल्प गर्ने दिन हो।
निरङ्कुश जहानियाँ राणाशासन हर्टाई मुलुकमा वैधानिक प्रजातान्त्रिक शासन स्थापना गर्न शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालालका साथै लखन थापा, शुकदेव गुरुङ, कृष्णलाल अधिकारी र कृष्णप्रसाद कोइरालाको बलिदानले पनि ठूलो भूमिका निर्वाह गरेको थियो।
नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाउने अभियोगमा शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालाललाई वि.सं. १९९७ माघ १० देखि १५ गतेसम्म फाँसीमा चढाएर तथा गोली हानेर मारिएको थियो।
सात सालअघि राजनीतिक दलहरूको आयोजनामा लुकिछिपी मात्र सहिद दिवस मनाइने गरेकामा वि.सं. २००८ मा भने श्री ५ त्रिभुवनकै अध्यक्षतामा स्थानीय खरीको बोटमा कार्यक्रमको आयोजना गरी मनाइएको थियो।
काठमाडौँ महानगरपालिका -पहिले नगरपालिका)ले २०१३/१४ सालदेखि माघ १० देखि १६ गतेसम्म सहिद दिवस मनाएको तथ्य छ।
Popularity: 14%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed