संविधान सभाको निर्वाचन गर्नु पहिलो जिम्मेवारी

February 19th, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आगामी चैत २८ गते संविधानसभा चुनाव सम्पन्न गराउन सरकार दृढ सङ्कल्पका साथ लागिरहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको पहिलो जिम्मेवारी रहेको बताउनुभएको छ ।

अन्ठाउन्नौँ प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले संविधानसभा निर्वाचनको सफलताले मात्र लोकतन्त्र संस्थागतरुपले अघि बढाएर देशमा दिगो शान्ति कायम गर्ने र सबै जातजाति, सबै वर्ग र सबै क्षेत्रका सम्पूर्ण जनतालाई समानरुपमा सम्पूर्ण अधिकारको न्यायोचित तवरले उपभोग गर्ने अवसर प्रदान गर्ने भएकाले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा यसलाई सफल पार्न अनुरोध गर्नुभएको छ।

अब देशमा दिगो शान्ति कायम गर्ने, लोकतान्त्रिक पद्दतिको उपादेयतालाई आम जनतासम्म पुर्‍याउने तथा नयाँ र समुन्नत नेपालको निर्माण गर्ने जिम्मेवारी इतिहासले हामी सबैलाई सुम्पेको छ, सङ्कट, द्वन्द्व र विवाद अन्त्य गरेर पारस्परिक एकता, सहयोग र सदभावका आधारमा इतिहासले सुम्पेको यो जिम्मेवारीलाई हामी सबैले निष्ठा र प्रतिबद्धताका साथ पुरा गर्नुपरेको छ,आजको यो ऐतिहासिक दिनको सन्देश र प्रेरणा यही हो- सन्देशमा भनिएको छ ।

देशमा प्रजातन्त्र स्थापना र पुनस्थापनाको लामो सङ्घर्षमा आफूलाई उर्त्र्सग गर्ने सम्पूर्ण सहिदको देश, जनता र प्रजातन्त्रप्रतिको समर्पण तथा उहाँहरुको साहस र बलिदानको सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले सहिद तथा २००७ को जनक्रान्तिको नेतृत्व गरेर देशलाई नयाँ युगमा प्रवेश गराउने देशभक्त नेताको लक्ष्य र सपना पुरा गछौँ भन्ने प्रतिबद्धता फेरि दोहोर्‍याउनुपर्नेमा जोड दिनुभएको छ ।

आज हाम्रासामु रहेका अनेकौँ समस्या सबैको राष्ट्रिय एकता र सहमतिको आधारमा उचित तवरले समाधान गरेर मुलुकलाई निर्बाधरुपले अघि बढाउन सम्वेदनशील भएर लाग्न उहाँले सबैमा अपिल पनि गर्नुभएको छ ।

Popularity: 20%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Gupta Grg  |  February 23rd, 2008 at 1:02 am

    Koirala ji andolanrat dalharu sanga barta garera andolan mather
    pahila garneki chunab pahila?andolan ratdal harulai bartama bolaera samasya samadhan nagari kasari garchhau chunab han?.Mero goruko baharai takka nagarnus,pachhutaunnu parla.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts

More news....