आज प्रजातन्त्र दिवस मनाइँदै

February 19th, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्ठाउन्नौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

यस उपलक्ष्यमा आज बिहान सूर्योदयका साथ नेपाली सेनाद्वारा भीमसेनस्तम्भ (धरहरा)बाट बिगुल बजाइनाका साथै तोप र बन्दुकबाट बढाइँ गरियो।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको आत्माको चीर शान्तिका लागि पूजापाठ तथा प्रार्थना पनि गरियो।

विक्रम सम्वत् २००७ फागुन ७ गते जहानियाँ राणाशासन अन्त भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

सोही उपलक्ष्यमा सहिदद्वारमा विशेष कार्यक्रमबीच सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ ।

त्यसपछि प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ ।

यस उपलक्ष्यमा प्रधानमन्त्री तथा उक्त दिवस समारोह समितिका अध्यक्ष गिरिजाप्रसाद कोइरालाले आज अपरान्ह शीतलनिवासमा जलपान कार्यक्रम आयोजना गर्नुहुनेछ ।

आजै साँझ दीपावली पनि गरिनेछ ।

Popularity: 20%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2013
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts

More news....