तेश्रो लिङगीको चुनावी रौनकता

March 26th, 2008

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम-
संविधान सभा सदस्यका लागि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिसकेपछि उम्मेदवारहरुले जित्ने कि हार्ने भन्ने अन्यौलतामा चिन्तित हुनु स्वभाविकै हो।

चुनावी दौडमा यी उम्मेदवारहरुले दिनरात मेहनत गर्नु परिरहेको हुन्छ । तर एउटा यस्तो उम्मेदवार जसलाई कुनै चिन्ता पनि छैन न त फिक्री नै।

बांकेको निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका तेश्रो लिङगी रज्जव अली भने जित हार भन्दा पनि उम्मेदवार बन्न पाएकोमा नै खुसी छन। तेश्रो लिङगीहरुलाई सार्वजनिक स्थानमा हिंड डुल गर्न र अन्य समुदायको समाजमा बस्न असजिलो स्थिति बनाईएकोले आत्मसम्मानमा ठूलो चोट लागेको नेपालगंजमा आयोजित एक कार्यक्रममा तेश्रो लिङगीहरुले दुखेसो पोखे।

समाजमा उपेक्षित र अवहेलित जीवन यापन गरिरहेका तेश्रो लिङगीहरुका तर्फबाट उम्मेदवार बनेका रज्जव अली राज्यलाई आफूहरुलाई दलित, जनजाति र विपन्न वर्गको भन्दा पनि तल्लो श्रेणीमा पारेकाले मुलुकमा आफुहरुको पनि उपस्थिति रहेको छ भन्नाका लागि उम्मेदवारी दिएको बताउछन्। उनले राज्यले शिक्षा, स्वास्थ्य र समान अवसरमा तेश्रोलिङगीहरुको पहूच स्थापित हुन नसेकोले राज्यले अब सोच्न आवश्यक भएको बताए। नाच गानका साथ नेपालगंजका गल्ली, चोक र सडकमा गई मतदाता भेटघाट गरिरहेको बेला भेटिने रज्जव अली र उनको समूहले नेपालगंजको चुनावी माहौलमा थप रौनकता ल्याईदिएको छ। पहिचान भईसकेका तेश्रो लिङगीहरुको संख्या बांके जिल्लामा करीब एक हजार रहेको छ।

उनलाई तेश्रो लिङगीहरुको हक, हित र सशक्तिकरणमा सहयोग पुर्‍याउदै आएको गैरसरकारी संस्था पश्चिम ताराले सहयोग पुर्‍याईरहेको छ।

नेपालगञ्जबाट सम थापा / एचकेनेपाल डट कम।

Popularity: 14%

Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. biju  |  March 27th, 2008 at 1:28 am

    its very good.iam very happy

  • 2. janak  |  March 27th, 2008 at 1:32 am

    ho.tesro lingi bhanera aba hela garnu mildaina kina ki sabaiko bachne ra afnai saili huncha.pls vote diyera jitaunu hos

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2013
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts

More news....