संघीय बने देश टुक्रने बिजुक्छेको चिन्ता

March 28th, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशलाई भाषिक र जातीय आधारमा सङ्घात्मक ढाँचामा लैजान नहुने बताउनुभएको छ।

सो पार्टीको दुवाकोट गाउँ इकाईले आज दुवाकोट गाविसमा आयोजना गरेको आमसभामा उहाँले भाषिक र जातीय आधारमा सङ्घात्मक ढाँचामा विभाजन गरे देश टुक्रिने बताउँदै आत्मनिर्णयको अधिकारसमेत कसैलाई दिन नहुने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष बिजुक्छेले नेपालमा भारत र चीनको हस्तक्षेप बढ्नसक्ने भएकाले मुलुकका १८ वर्ष पुगेका युवालाई अनिवार्यरूपमा सैनिक तालिम दिइनुपर्ने धारणा पनि राख्नुभयो।

उहाँले काठमाडौँ उपत्यकालाई छुट्टै नेवाः राज्य बनाउन नहुने बताउँदै काठमाडौँ उपत्यकामा ३५ प्रतिशतमात्र नेवार भएको र ६५ प्रतिशत गैर नेवार भएकाले नेवाः राज्य आवश्यक नभएको टिप्पणी गर्नुभयो।

सो अवसरमा नेमकिपाका जिल्ला नेताहरू केदार खड्का, हिमालयश्वर मूल, गोविन्द दुवाल, राजेन्द्रकुमार प्रधानाङ्गलगायतले संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 8%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Amber Limbu  |  March 29th, 2008 at 7:52 pm

    Maile Bijukchheko name nikai dherai bhayo suneko ra malai lagthyo yo manchhe rajnitiko bhandar nai hola bhanera tara sanhgiya pranali prati ko unko vision ra abhibyakti bujhda maile thik ulto adkal gareko rahechhu. Bastabma Bijukchhe Bhaktapure janatako matra neta rahechha. Unibhitra maile soche jasto pharakilo rajnitik gyan rahena chha. Dherai kura gardina tara Bijukchhe jyu lai ekpalta Chobahrko Danrama uklera Bhaktapur bhanda bahirako sansar pani herna huna anurodh gardachhu.

  • 2. krishna  |  March 30th, 2008 at 11:00 pm

    बेजुक्चे सर जस्तो मो राजनीतिज्ञ नेता त है न मो एउटा सदरण जनता, तसैले मो उसको अबिब्य्क्टी थिक हो की हैना भानुभन्दा मलाई लाग्चा की , एकात्मक केन्द्रेकित सासन बेबस्था त हमिले साधे दुई साये बरसा जति देखि सकिऊ तारा यो बबेस्था ले मुठी भारनिरुन्ग्कुस तनाशाई र उसको चमचा हरुको उनती बायक देस र जनता को लागी के गरो र , अज को नया नेपाल को संग्रचना भेने को नेपाली जनता को परिबर्तित चाहना हो जहाँ पुराना सदेको बिचार हरुलाई किनारा लायेरा नयाँ शोच र बिचार को साथ अगी बड़ी देस र जनता को हित्मा काम गर्ने खालको शासन बबेस्ता बनाईं जाती बर्गा लिंगा छेत्र मा भएको बिधामान राज्नितिग असुन्तुलानता लाई संतुलित पारी जनभावना रूपी नयाँ नेपाल बनौने हो , जसको लागी गणतंत्र , शंगिएया लोकतंत्र , अत्म्मा नीर्नेया जस्ता सवाल हरुनै मुखे मुधा हरु हनन जस्तो लाग्चा, योही परिबर्तन को लागी नाइ नेपाली जनताले बलिधान दीको थीयो सहारा जनता संगर्सा मा उत्रेयाको ठियो . यो कुरा लाई मद्धे नजर गेरी हेर्दा नेता बेजुछे सर ले जन भाबना बीपरित बोलेरा उही पुरानो सत्ता मोहा को सपना त देखनु भाको हैना ?
    बिचारक = ताप्लेजुंग बासी लाहुरे दाई ,
    कृष्ण कू , चामलिंग

  • 3. krishna  |  March 30th, 2008 at 11:16 pm

    namaskar amber gee. tapainko , hamro adherneya nata lai . chobarko dadn mathi uklera bhaktapur paira pani hernu bhane sujap saroi ghat lago, assa garau uahan pakai uklera harnu huncha ho la .

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts

More news....