कोरियामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने
March 29th, 2008
डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
नेपाली सम्पर्क समिति बुसान तथा ख्योङनाम शाखाको संयुक्त आयोजनामा कोरियाको दोस्रो शहर बुसानमा यहि अप्रिल १३ तारिख आईतबारको दिन नेपाली बर्ष २०६५ को उपलक्ष्यमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
नेपाली वर्ष २०६५ को उपलक्ष्यमा आयोजना गरिने उक्त कार्यक्रममा शुभ कामना आदान प्रदान तथा नेपाली तथा कोरियन कलाकारहरुको सांगीतिक प्रस्तुती रहने आयोजक संस्थाले बताएको छ। दक्षिण कोरियास्थित विभिन्न पेशामा आबद्ध सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई दिन हुन संस्थाले अनुरोध गरेकोछ। सिओलदेखि बुसानसम्म जानको लागि बसको व्यवस्था गरिएको नेपाली सम्पर्क समिति केन्द्रीय अध्यक्ष इश्वर केसीले बताउनु भएको छ।
स्मरणीय छ, हालसम्म नेपाली सांस्कृतिक कार्यक्रम सिओलमा मात्र केद्रिन्त रहेको थियो। बुसानमा हुन गई रहेको यस कार्यक्रमले नेपाली संस्कृतिको विस्तारमा ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ।
Popularity: 14%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed