दाइजो दिनका लागि मागी हिँड्दै
January 5th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी-५
तपाईँ माग्नेले छोरीको विवाहमा दाईजो दिन्छ होला भनेर कल्पना समेत गर्न सक्नुहुन्न, छाक र्टार्न दसौं जनासँग हात पसार्नु पर्ने माग्नेले छोरीलाई दाईजो दिन्छन् भनेर सुन्दा आश्चर्य पनि लाग्छ।
यसैले होला, मागेर जिवन गुजार्दै आएका विपन्न जातिका ‘ करोडी’ हरुले छोरीलाई दाईजो दिन भिख मागेर जोहो गर्न जुटेका छन्।
स्वतन्त्र समाचार सेवाका अनुसार माग्ने अन्य उपाय भन्दा यो सजिलो हुन थालेको छ। कात्रो लगाएर होस् , बिधवा बनेर , गौ हत्या लागेको , कहिले पुजाका लागि भिख माग्दै हिड्नेहरुको वास्तविकता खुल्न थालेको छ , उनीहरु अब माग्ने नयाँ उपायका रुपमा चेलीको विवाहमा दाईजोका निम्ति भिख माग्नु परेको बताउन थालेका छन्।
स्थानीय भिखारीहरुको यूनियनले जनकपुर नगरमा हरेक आइतबारमात्र भिख माग्ने निर्णय गरेको छ , तर ‘करोडी ‘ जातीका महिलाहरु दिनँहु विभिन्न भेषमा भिख माग्ने गरेका छन। यसरी दुई दर्जन महिला भिख माग्न हिडिरहेका हुन्छन। उनीहरुले बालबालिकालाई पनि यही धन्दा गराउने गरेका छन्।
आफूहरु धनुषा र महोत्तरीको भएको दावी उनीहरुले गरिरहेका छन। ‘ सामान्य ढंगले कसैले भिख दिदैंन, त्यही कारण अनेक अक्कल लगाउने गर्र्छौ’ भिखारी कमला भन्छिन्।
काखे बालकको घाटीमा कात्रो लगाएर आफू सेता बस्त्र धारणा गरेर आउनेहरुप्रति सबैको सहानुभूती रहन्छ ‘ मानवअधिकारवादी नवराज बस्नेत भन्छन-तर बालबालिकाको दुरुपयोग नगर्न आग्रह गर्दा कसैले मानिरहेको छैन।
दुई-दुई सातामा ती भिखारीहरु अर्को गाउँ सर्ने गर्छन्। महिलाहरु दिनभरी भिख माग्छन भने पुरुषहरु दाउरा काट्ने , शिकार गर्ने र बस्तुभाउ चराउँछन।
पुरुषहरु स्याल, बिरालोको शिकार गर्छन। भिख भाग्ने ‘ करोडी’ जातीका नयाँ तरिकाप्रति स्थानीय भिखारीहरु रुष्ट छन्।
धनुषा जिल्ला खजुरी गाविसका अपाङ्ग भिखारी सुरज भन्छन-चेलीको विवाहमा दाइजो दिन भीख माग्ने नयाँ तरिका अपनाएका छन , यो झुटको खेती हो।
तराईमा दाईजो प्रथाले निक्कै गहिरा जरा गाडेको छ। यही कारण ‘ करोडी’ महिलाहरु आफूसँगै १०-१२ वर्षीया छोरीलाई सँगै लिएर विहाका लागि दाईजो दिन पसलहरुमा भिख माग्छन्।
छोराको बिहामा दाईजो लिनेहरुले करोडी महिलाहरुबाट शिक्षा लिनु पर्छ’ प्रेस चौतारी धनुषाका अध्यक्ष उमेश शाह भन्छन-करोडीले तर्राईको दाईजो संस्कृतीप्रति ठूलो व्यंङ्ग्य गरेका छन्।
Popularity: 15%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. KARNADHANU LIMBU | January 5th, 2006 at 9:15 am
POOR, POOR AND POOR , ALL THE ANSWER WHY THEY BEGGING.THUS, THE GOVT. MUST HAVE TO MAKE SOME POPULARS PLAN UPLIFTING THE POOR AS SOON AS POSSIBLE,IF NOT IT GOES CONTINUE DESPITE THE WORLD RICES INTO THE MOON…………..
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed