कोरिया जान ९७० डलर शुल्क

April 21st, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रोजगार अनुमति प्रणालीअर्न्तर्गत गणतन्त्र कोरिया जान परीक्षामा उत्तीर्ण भएका छ हजार ७७२ प्रशिक्षार्थीले अब तोकिएका प्रक्रिया पूरा गरी ९७० अमेरिकी डलरमात्र बुझाउनुपर्ने भएको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उत्तीर्ण परीक्षार्थीबाट निर्धारित ढाँचाको आवेदनपत्र भरेर स्वास्थ्य परीक्षण गराई योग्य ठहरिएका आवेदकहरूको सूची दक्षिण कोरिया पठाइने र पुनः दक्षिण कोरियामा आवेदकको स्वास्थ्य परीक्षण गराइने मन्त्रालयका सचिव श्यामप्रसाद मैनालीले जानकारी दिनुभयो।

दक्षिण कोरियामा स्वास्थ्य परीक्षणमा असफल भएका परीक्षार्थीलाई नेपाल फर्काइने र त्यस्ता व्यक्तिको कोरिया जानेक्रममा भुक्तानी भएका सम्पूर्ण रकम नेपालमा स्वास्थ्य परीक्षण गराउने संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो।

अठारदेखि ३९ वर्ष उमेरभित्रका त्यस्ता प्रशिक्षार्थी विगतमा अवैधरूपमा कोरियामा बसेको हुननहुने, उक्त देशबाट निकालिएको हुन नहुने, नेपाल सरकारले विदेश जान प्रतिबन्ध लगाएको हुन नहुने र नेपालमा आपराधिक क्रियाकलापमा कसुरदार प्रमाणित भएको हुन नहुने प्रावधान पनि राखिएको छ।

उल्लेखित प्रक्रिया पूरा गरेका आवेदकमध्येबाट अन्तिम छनोट भई भिसा प्राप्त भएपछि प्रारम्भिक तालिम दिएर कोरिया पठाइए पनि तिनको रोजगारीको प्रत्याभूति नहुने र आवेदनको सूची एकवर्षम्म मात्र मान्य हुने पनि बताइएको छ।

कोरियाली भाषा अध्ययनसम्बन्धी सबै जिम्मेवारी र जवाफदेहिता कोरियास्थित हृयुमेन रिसोर्स डिपार्टमेन्टमा रहने भएकाले नेपाल सरकारका तर्फाट तोकिएको संस्थाबाहेक अन्य संस्थालाई रकम बुझाएमा ठगीमा परिने बताउँदै मन्त्रालयले अन्य कुनै पनि संस्थाले यस्ता कार्य गरे कारबाही गर्ने पनि जनाएको छ।

Popularity: 13%

Entry Filed under: Korea News

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Dhan Bahadur Lama thonche manang  |  April 21st, 2008 at 10:11 pm

    नेपाल बाट सही सलामत
    तरिकाले पठाउने ख़बर सुन्द खुशी लाग्यो
    welcome 2 korea”.대한민국 fighing

    hem gurung+boby lama from korea

  • 2. pawan pathak  |  April 22nd, 2008 at 7:39 am

    Nepali yubaharu korea ma rojgar ko lagi aba suru huna ko lagi parikchha liyekoma ta khusi lagyo tara bigat ma jhai hamra pakchhya pati neta harule jhai tana tan garera yespali pani quota collapse nagaridiye hunthiyo ra $970 nabhayera $9070 po asulnihunki uduse dalalharu le yo ta hernai banki chha !!!

  • 3. pratap sambahangfe limbu  |  April 22nd, 2008 at 10:25 am

    jantaco chahana santira surukchheya ho tara garna tantra sarakarele yasto garema sunma sugandha milyo ni hajur dhaneya bata ahileco sarkarlai thanks from singapore yoman1379@yahoo.com

  • 4. ghanashtyam  |  April 23rd, 2008 at 3:28 pm

    Sachib ra mantriharuka nagedarle paisa uthaiko hami sanga parman chha kasle garne karbahi ???

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts

More news....