एम्बुलेन्स नचल्दा विरामीलाई आपत्
July 18th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दलहरु राष्ट्रपति निर्वाचनको जोडघटाउमा लागिरहेका बेला इन्धन अभावका कारण जनजीवन अस्तव्यस्त हुने क्रम फेरि सुरु भएको छ। इन्धन अभावका कारण काठमाडौँका कतिपय विद्यालयका बसहरु नचलेपछि विद्यालय नै बन्द भएका छन्। उता इन्धन अभाव कै कारण एम्बुलेन्स थन्किएपछि नुवाकोटवासीहरूलाई आपत् परेको छ ।
डिजेलको अभाव भएपछि आजबाट नुवाकोट रेडक्रस सोसाइटीका तीन वटा एम्बुलेन्स थन्किएका छन् ।
उता बागेश्वरी गाविसका एक पुरुष अचानक पिसाब बन्द भएपछि मृत्युको मुखमा पुगेका छन् ।
एम्बुलेन्सको अभाव र पर्याप्त मात्रामा र्सार्वजनिक सवारी साधन नचलेपछि बागेश्वरीका रामप्रसाद उपाध्याय अधिकारी उपचारबाट विमुख बनेका छन् ।
यस्तै बुधसिंगकी उजेली वस्ती पनि अस्वस्थ बनेपछि एम्बुलेन्स उपलब्ध हुन नसक्दा बोकाएर सदरमुकाम ल्याइएको छ ।
Popularity: 20%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed