जापानमा प्रशान्तको भब्य कार्यक्रम (+Photo)

August 19th, 2008

टोक्यो केटीएम, एचकेनेपाल डट कम -
इण्डियन आइडयल २००७ का बिजेता प्रशान्त तामाङको कार्यक्रम भब्यताका साथ हालै जापानको टोयोटा शहरमा सम्पन्न भएको छ।

मुम्बईबाट आएका मानीक शाहले किशोर कुमारका सदाबहार गीत गाएर दर्शकको मन जित्न सफल भएका थिए। आवाजका सहयात्री पारसमणी पोखरेलले प्रशान्तलाई स्टेजमा बोलाए पनि उनले नेपथ्यबाट नै नेपाली गीत ‘असारै महिनामा ‘ गाएका थिए र गीतको दोस्रो अन्तरामा मात्र उनी देखा परेपछि दर्शकहरुले जोड्दार तालीले स्वागत गरेका थिए।

जब प्रशान्तले ‘भिगे होंठ तेरे ‘ भन्ने हिन्दी गीत गाए, दर्शकहरु नियन्त्रण भन्दा बाहिर देखिन्थे। दर्शकहरुको माझबाट एक जना महिलाले प्रशान्तलाई औठी दिंदा उनलाई गाह्रोसमेत भएको थियो।

कार्यक्रमको बिचमा जब आवाजका सहयात्री पारस र प्रशान्तको रमाइलो कुराकानी भयो, दर्शकहरु पेट मिचेर हाँसेका थिए। मन पर्ने खाना कुन हो भनेर सोधेको प्रश्नमा उनले आमाले बनाएको सबै मिठो लाग्छ भन्ने जवाफ दिएका थिए। कुराकानी कै क्रममा उनले स्कुलको समयमा भएको प्रेम प्रसँग र आफ्नो पूर्व प्रेमिकाको बारेमा समेत उल्लेख गर्न वाध्य हुँदा उनी लाजले भुतुक्क त भए तर दर्शकहरुले भने आनन्द लिईरहेका थिए।


Popularity: 18%

Entry Filed under: Entertainment

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. grg k  |  August 20th, 2008 at 1:47 am

    lau keta enjoy garnu hai japanma pani…..shubhachintak

  • 2. dorjey }  |  August 20th, 2008 at 12:35 pm

    yo ta balai bayannnnnni?/

  • 3. amrit K rai  |  August 22nd, 2008 at 4:49 pm

    im amrit from K.S.A

  • 4. Perna  |  August 22nd, 2008 at 6:10 pm

    Hi amrit,
    May i know where is KSA, i want to know.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2008

Most Popular Posts

More news....