मिस्टर जोन मारिए

August 30th, 2008

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राजधानीको विभिन्न ठाउंहरुमा श्रृंखलाबद्ध बम बिस्फोट गराउने प्रमुख नाइके तराई आर्मीका अध्यक्ष कौशलकुमार सहनी उर्फ मिस्टर जोन आज बिहान प्रहरीसंग भएको दोहोरो भिडन्तमा मारिएका छन्।

रौतहटको बरियापुर गाविसमा मिस्टर जोनको समूह र गस्तीमा हिडेको प्रहरीबीच बिहान करीव ४ बजे दोहोरो भिडन्त हुंदा प्रहरीको गोलीबाट उनको मृत्यु भएको गरुडा इलाका प्रहरी कार्यालयले जनाएको छ। सोही भिडन्तमा प्रहरीको गोलीबाट मिस्टर जोनका अंगरक्षक महन्थ सहनीको समेत मृत्यु भएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट अमेरिकी पिस्तोल एक थान, कटुवा पिस्तोल एक थान र केही गोलीहरु बरामद गरेको छ।

लामो समयसम्म प्रहरीको आँखा छलेर फरार रहेका मिस्टर जोन गत भदौ १६ गते राजधानीका विभिन्न ठाउंहरुमा बम बिस्फोट गराएर धनजनको क्षति, रौतहटमा भएको नरसंहार, यात्रुवाहक बसमा आगजनी, हत्या, अपहरण, चन्दा उठाउने जस्ता दर्जनौ अपराधमा संलग्न रहेको प्रहरीले बताएको छ।

Popularity: 8%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Kinrat  |  August 30th, 2008 at 8:24 pm

    Very good news if it is true. But god nows.

  • 2. kingstone  |  August 30th, 2008 at 11:36 pm

    verry verry good and well done nepali police

  • 3. bpn  |  August 31st, 2008 at 5:39 am

    येदि यो कुरा सांचो हो भने त्यों ठीक काम हो ,म एस्मा सही थप्छु किनकी नेपालमा एस्ता पसु हरु,नमर्दाहरू धेरै छन र त्येस्ताहरू लाई राख्नु हुदैना / एउटा कुहिएको आलू ले सबै आलू कुहौन्छा / धेरै काम गर्नु छ नया सरकारले ,सुभकामना नया सरकार लाई,धेरै आशा छ नयाँ सरकारबाट /शुभकामना/

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2008

Most Popular Posts

More news....