वैकल्पिक मार्ग पनि अवरुद्ध

August 31st, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पहाडी क्षेत्रमा अविरल वर्षा भएपछि सप्तकोसी नदीमा बाढी आएर नदीको सतहमाथि आएका कारण चतरा-रामपुर-ठोक्सिलाको वैकल्पिक मार्गसमेत अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

चतरास्थित पूर्वी भङ्गालोमा डुङ्गा तार्न सकिए पनि सुनसरी-मोरङ सिँचाइ योजनाको नयाँ इन्टेक भएको स्थान दक्षिणबाट बगेको कोसीको मूल भङ्गालोमा डुङ्गा तार्न असम्भव भएको चतराका डुङ्गा ठेकेदार बुद्ध श्रेष्ठले बताउनुभयो।

श्रेष्ठका अनुसार डुङ्गा खियाउने माझीहरूको नै ज्यान जोखिमपूर्ण रहेकाले सर्वसाधारण नागरिकको जीवनको सुरक्षालाई ध्यानमा राखेर डुङ्गा सञ्चालन बन्द गरिएको हो। दैनिक पाँच हजारदेखि आठ हजार मानिसलाई तार्दै आएको चतराघाटमा पूर्वी भङ्गालोतर्फ एक तथा कोसी नदीको मूल भङ्गालोतर्फ दुइवटा डुङ्गा सञ्चालन भएको थियो।

डुङ्गा सञ्चालन बन्द गरिएपछि कोसीपारिको डुम्रिबोट हुँदै रामपुर, ठोक्सिला क्षेत्रका साथै वारि चतरातिर पनि हजारौँ यात्रु अलपत्र परेका छन्।

कोसी नदीमा आएको बाढीका कारण नदीको सतह बढ्नुका साथै पश्चिम कुसाहाबाट नदी पूर्व सुनसरीतिर पसेपछि कोसी नदीको बहाव पनि तीव्र बनेका कारण डुङ्गा तार्न कठिनाइ भएको प्रकाशपुर गाविसअर्न्तर्गत राजावासका बासिन्दा पद्म खड्काले बताउनुभयो। उहाँका अनुसार प्रकाशपुरको राजावासबाट श्रीलङ्का टप्पु हुँदै सप्तरी र सिरहातिर डुङ्गाबाट जाने मानिस पनि हिजो बिहानैदेखि जान नसकेर प्रकाशपुरको राजावास क्षेत्रमा अलपत्र परेका छन्।

यस्तै अविरल वर्षाका कारण धरानदेखि चतरा जाने सडक पनि अवरुद्ध भएको छ। धरान पश्चिमको सर्दुखोलामा पानी बढेकाले यातायातका साधनहरू सञ्चालन हुन नसकेका कारण यात्रुहरूलाई चतरासम्म पुग्न कठिनाइ भएको छ।

Popularity: 8%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2008

Most Popular Posts

More news....