मध्य तथा सुदूरपश्चिम जिल्लामा खाद्यान्न सङ्कट
October 6th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिन्दूको महान धार्मिक पर्व बडादसैँ आइसके पनि मध्य तथा सुदूरपश्चिमाञ्चलका अधिकांश जिल्लाका जनताले खाद्यान्न सङ्कटको नियति भोगिरहेका छन् । यस वर्ष साउन महिनाको पहिलो सातादेखि मध्यपश्चिमको रोल्पा, रुकुम, दैलेख, जाजरकोट, मुगु, हुम्ला, डोल्पा, कालिकोट र सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, बझाङ्ग, बाजुरा, अछाम जिल्लामा बढेको खाद्यान्न सङ्कटका कारण ती जिल्लाका सयौँ जनता भारत पलायन भएका छन् ।
ती जिल्लाको अति दुर्गम गाउँ विकास समितिका करिब एक लाखभन्दा बढी जनता खाद्यान्न सङ्कटबाट प्रभावित भएको यस क्षेत्रका २५ मानवअधिकारवादी संस्थाले हालै गरेको संयुक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपाल खाद्य संस्थानको नेपालगन्ज र धनगढी अञ्चल कार्यालयले वर्षातले बिगारेको बाटोको असुविधाका कारण जिल्लामा पर्याप्त खाद्यान्न पठाउन नसकिएको जनाएको छ भने त्यहाँका जनता संस्थानको गैरजिम्मेवारीपनलाई दोषी ठान्छन् ।
खाद्य सङ्कटबाट उत्पन्न भोकमरीका कारण त्यहाँका बासिन्दामा कुपोषणका कारण विभिन्न रोगको सङ्क्रमणसमेत देखापरेको छ ।
ती जिल्लामा उत्पन्न खाद्य सङ्कटको स्थितिलाई राज्यले दसैँका बेला सम्बोधन गर्न नसके त्यहाँका जनताका लागि यस वर्ष दसैँ ‘दशा’ बन्ने निश्चित प्रायः भएको स्थानीय वासिन्दा बताउँछन् ।
Recent Videos:
Popularity: 17%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed