द्वन्द्वपीडित कमलाको दुःख

November 19th, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पाँच वर्षअघि पति गुमाएकी उदयपुर लेखगाउँ-३ चिसापानीकी २४ वर्षीया कमला गिरी क्षतिपूर्ति नपाएपछि काखमा दूधे बच्चा च्यापेर सोमबार धुरु धुरु रुँदै माइतीको शरणमा गएकी छिन् ।

आफूसँग विवाह दर्ताको प्रमाणपत्र नभएपछि क्षतिपूर्ति पाउनबाट बञ्चित कमला तीन वर्षसम्म न्यायमाग्दै गाईघाटका सडक र सङ्घ-संस्थाहरूमा हात जोड्दै हिडिन् तर कोहीबाट पनि सहारा नपाएपछि उनी माइत गएकी हुन् ।

कमलाका अनुसार कामको खोजीमा पोखरा गएको बेला कास्की हिङ्जा गाविस घर भई सैनिक पृतना हेडक्वार्टर पोखरामा कार्यरत सैनिक जवान राजन अधिकारीसँग २०६१ सालमा उनको प्रेम विवाह भएको थियो । विवाह भएको नौ महिना पनि बित्न नपाउँदै २०६२ कात्तिक २७ गते स्याङ्जातर्फगस्ती गएको बेला माओवादीले थापेको एम्बुसमा परी पति राजनको मृत्युभएको उनी बताउँछिन् ।

क्षतिपूर्तिका लागि पटक पटक पृतना हेडक्वार्टरमा गए पनि प्रमाणको अभावमा उनले बहालवाला सैनिक भिडन्तमा परी निधन हुँदा पाउने सुविधा केही पनि पाइनन् । धेरै पटक धाउँदा पनि पृतनाबाट रित्तै फर्काइएपछि एक्लै पोखरामा बस्न नसकी तीन महिनापछि गाईघाट आएर विभिन्न मानवअधिकारवादी सङ्घ-संस्थालाई पहल गरिदिन अनुरोध गरेको उनी सुनाउँछिन् ।

“श्रीमानले केही दिनपछि बिदा मिलाएर दुवै जना घर जाने र विवाह दर्ता गर्ने भनेका थिए तर बीचैमा त्यस्तो भयो”- गहभरी आँशु पार्दै पीडित कमलाले वेदना सुनाईन् । उनलाई मृतक पतिको नाम बाहेक न त सासु ससुराको नाम नै थाहा छ, न स्पष्ट घरको ठेगाना नै थाहा छ ।

यता माइतीले समेत अर्काको घरमा गईसकेकी छोरीलाई घरमा बस्न दिने हुन् कि होइनन् उनलाई थाहा छैन ।

Recent Videos:

Popularity: 15%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Tejj yaksho  |  November 19th, 2008 at 8:43 pm

    When I saw this kind of culture I really got exitement,because I ‘m nepali and alone in Korea,I ever start to dropping tear,How can I throw my sorrow to on that progame,If possible I will send my all gratichude to those Artist Speacially Anouncer of Original Street GYANENDRA ANDmy old friend KUBER RAI once of time We traveled RAXAUL-DONKON HOSPITAL FOR the programe and He sound of “NEPALI-NEPALI……….
    HKNEPAL also great this kind of tippical Nepali program you “SHOWING” continuisly. thanks a lot all the Artists and staff of “HKNEPAL of Hongkong”

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in November, 2008

Most Popular Posts

More news....