ओवराय होटलका सबै बन्धक मुक्त (News update)

November 28th, 2008

ओवराय होटलका सबै बन्धक मुक्त (News update)
एस, मुम्बई / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
दक्षिण मुम्बईको ओवराय होटलमा आतंकवादीहरुद्वारा ४१ घण्टादेखि बन्धक बनाइएकाहरु मुक्त भएका छन्। मुम्बई पुलिस कमिश्नर हरान गफूरले होटल ओवराय सुरक्षाकर्मीको कब्जामा आईसकेको सञ्चारमाध्यमलाई जनाउंदै अप्रेशनमा दुई आतंकबादी मारिएका बताए। यद्यपि, ताज होटल र नरीमन हाउसमा कारवाही जारी रहेको बताएका छन्।

बुधवार राति आतंककारी समूहले बम विस्फोट र अन्धाधुन्ध फाइरिङ गर्दा १३० जनाले ज्यान गुमाएका थिए भने ३३० भन्दा बढी घाइते भएका छन्। अन्धाधुन्ध फाईरिङ गर्दै होटल ताज, ओवराय होटल र नरीमन हाउसभित्र छिरेका आतंककारीले त्यहाभित्र रहेकालाई करीव ४१ घण्टादेखि बन्धक बनाई राखेका थिए। अहिलेसम्म कारवाहीमा १० आंतकवादी मारिएको र एक गिरफ्तारमा परेको जनाएको छ। मुठभेडमा १५ सुरक्षाकर्मीहरू मारिएका छन्। (Last updated IST 3:00 PM/HKNepal.com)


सेक्युरिटी क्यामरामा कैद आंतककारी। हातमा स्वचालित हतियार


रक्ताम्य घटनास्थल


ऐतिहासिक पाँच तारे होटल ताज आगोको लप्कामा।


खतराबीच रिपोर्टिङ गर्दै स्टार न्युजका रिपोर्टरहरू। होटल ताजमा चलिरहेको कमाण्डो अप्रेशनका क्रममा खतराबाट बच्न पल्टेर लाइभ रिपोर्टिङ गर्दै।

मुम्बईमा आतंककारी हमला
एस, मुम्बई / एचकेनेपाल डट कम २७ -
भारतको व्यावसायिक राजधानी मुम्बईका कयौं ठाउंहरुमा बुधबार राति करीव १० बजे आंतककारी हमला हुंदा कम्तीमा ७८ जनाको मृत्यु र २ सयभन्दा बढी घाइते भएका छन्।

मुम्बई प्रहरीले आतंककारी र प्रहरीबीचको मुठभेडमा आतंकवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित तीन प्रहरी अधिकारीहरुको गोली लागेर मृत्यु भएको बताएको छ। मुठभेडमा दुई आतंककारीहरू मारिएका छन् भने संदिग्ध ९ जनालाई प्रहरीले हिरासतमा लिएको छ।

आतंककारीहरूले दक्षिण मुम्बईका सात ठाउंमा विस्फोट र फाइरिङ गर्दै मुम्बईका ऐतिहासिक पाँच तारे होटल ताज, होटल ओबराय, मुम्बईको मुख्य रेलवे स्टेशन छत्रपति शिवाजी टर्मिनस (सीएसटी) र कामा अस्पताललाई निशाना बनाएका थिए।

एके -47 अटोमैटिक बन्दुक र ग्रिनेड बोकेका आतंककारीले सुरूमा अन्धाधुन्ध फाइरिङ गर्दै ताज होटल र ओवराय होटलमा घुसेर केही विदेशी पर्यटकहरूलाई बन्धक बनाएको बताइन्छ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन गरिएको छ। यो समाचार तयार पारूञ्जेलसम्म होटल ताजभित्र सेनाको अप्रेशन जारी रहेको छ भने ताज होटलका माथिल्लो भागमा आतंककारीहरूले लगाएको आगो नियन्त्रणमा लिने प्रयाश भैरेहको छ।
(IST 3:45 AM/ HKNepal.com)

Recent Videos:

Popularity: 16%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in November, 2008

Most Popular Posts

More news....