संविधानसभा उपाध्यक्षमा पुर्णाकुमारी निर्वाचित
November 28th, 2008
संविधानसभा उपाध्यक्षमा पुर्णाकुमारी निर्वाचित
एस, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
संबिधानसभा उपाध्यक्ष पदमा माओवादी उम्मेदवार पुर्णाकुमारी सुवेदी निर्वाचित हुनु भएको छ। बाँके क्षेत्र नं. ४ बाट निर्वाचित सुवेदीले संबिधानसभामा उपस्थित ५०५ सदस्यहरुमध्येबाट ३४६ मत प्राप्त गर्नुभएको थियो। उहाँको विपक्षमा ६९ र तटस्थमा ९० मत खसेको थियो।
उपाध्यक्ष पदको मनोनयन दर्ता
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, नोभेम्बर २७-
यही मङ्सिर १३ गते हुने संविधानसभाका उपाध्यक्ष पदको निर्वाचनका लागि छ जनाले मनोनयनपत्र दर्ता गराउनुभएको छ। संविधानसभाको कुनै सदस्यलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ७१ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा सो पदका लागि हिजोसम्म मनोनयनपत्र दर्ता गराउनुपर्नेमा कसैको पनि मनोनयनपत्र दर्ता हुन नआएपछि हिजो उहाँहरुले आ-आफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको हो।
उपाध्यक्ष पदका निम्ति मनोनयनपत्र दर्ता गराउनेमा राप्रपाकी प्रतिभा राणा, सदभावना पार्टी, खोभारी राय, नेपाल मजदुर किसान पार्टीका लीला न्याइँच्याई, नेकपा (माओवादी)का पूर्णकुमारी सुवेदी, तराई मधेस लोकतान्त्रिक पार्टी रमणी राय र नेकपा (माले)का नीलम केसी (खड्का) हुनुहुन्छ।
मङ्सिर १३ गते बिहान ११ बजे प्रारम्भ हुने संविधानसभाको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावकको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ।
Recent Videos:
Popularity: 16%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed