बर्डफ्लु भित्रिन नदिन विशेष सतर्कता
January 19th, 2009
एचकेनेपाल डट कम संवाददाता-
बर्डफ्लु रोग भित्रिन नदिन सप्तरीमा विशेष सतकर्ता अपनाइएको छ। भारतको दार्जिलिङबाट झापाको काँकडभिट्टामा बर्डफ्लु भित्रिएपछि यहाँ विशेष र्सतकर्ता अपनाइएको हो।
बर्डफ्लु रोग भित्रिन नदिन भारतीय सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी, जनपद प्रहरीसँग समन्वय गरी प्राविधिकहरूको टोली समेत परिचालन गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवले बताउनुभयो।
सप्तरी जिल्लाभित्र बर्डफ्लु रोग नभित्रिएको दावी गर्दै यादवले बर्डफ्लु रोग फैलिएको आशङ्का हुना साथ नियन्त्रण गर्न प्राविधिक चिकित्सक लगायतको समिति निर्माण गरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।
Recent Videos:
Popularity: 15%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed