प्रहरी चौकीमा आक्रमण, हवल्दार घाइते

January 19th, 2009

एस, काठमाडौं / एचकेनेपाल डट कम -
हतियारधारी लुटेराहरूले गएराति मकवानपुर जिल्लाको पदमपोखरी गाविसस्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गरेका छन्।

हतियारधारी लुटेराको आक्रमणमा हवल्दार अवदेशकुमार झा घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीमाथि खुकुरी प्रहार भएको जनाएको छ।

लुटेरा समूहले राति करीव बाह्र बजे चौकीभित्र पसेर प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए। उनीहरूले प्रहरीको लत्ताकपडा, मोबाइल र नगदसमेत लुटेका छन्। लुटेराहरूले चौकी वरपरका छ घरमासमेत लुटपाट गरेका छन्।

प्रहरीसंग हतियार नभएकाले प्रतिकार गर्न नसकिएको जनाएको छ। घटनाको समय चौकीमा छ जना प्रहरी थिए।

आक्रमणको खवर पाउनसाथ त्यहाँ पुगेका हेटौडाका प्रहरीटोलीले घटनामा संलग्न भएको आशंकामा पदमपोखरी गाविसका संचलाल लोपचन र विश्व लामालाई पक्राउ गरेको छ।

Recent Videos:

Popularity: 15%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in January, 2009

Most Popular Posts

More news....