आज तामाङहरुको सोनाम ल्होसार
January 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
आज नेपालका विभिन्न भागमा बौद्ध धर्मअर्न्तर्गत महायान सम्प्रदायको साँस्कृतिक चाड ल्होसार मनाइँदै छ । यो चाड आज माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तामाङ जनजातिले, फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसारका रूपमा सेर्पा र भोटेलगायतका जनजातिले मनाउने गर्छन् भने गत पुस १५ गते तोला ल्होसारका रूपमा गुरुङ सममुदायले मनाएका थिए।
मान्यजनको आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिने यो पर्वको अर्थ नयाँ वर्ष-ल्हो भनेको वर्ष र सार भनेको (नयाँ) हो।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तु -मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बँदेलको प्रतीकका रूपमा लिइन्छ।
राम्रो लगाउने र मीठो खाने यो साँस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मंङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस,म्यान्मा, जापानलगायतका देशमा पनि मनाउने गरिन्छ।
कृषकसँग सम्बन्धित जनजातिले मनाउने गरेको यी तीनवटै साँस्कृतिक पर्व ल्होसारमा गतवर्षदेखि सरकारले सार्वजनिक विदा दिन थालेको छ।
Recent Videos:
Popularity: 16%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Susila Thing | January 28th, 2009 at 2:49 pm
Lhasso phyafulla !! Lang Lhosar ko upalakshya ma sampurna Tamang daju bhai didi bahini haruma hardik subhakamana chha.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed