हिजो भारतविरुद्ध सुरुङ खन्नेहरु आज लुकीलुकी दूतावास
February 23rd, 2009
एचकेनेपाल डट कम संवाददाता-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तोकिएको समयमा नै संविधान निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । राप्रपा नेपालको राप्ती अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाको उदघाटन गर्दै उहाँले देशलाई सङ्घीयतामा लग्दा आर्थिक सम्भाव्यता र भौगोलिक आधारमा गर्नुपर्नेमा जोड दिनुभयो।
जातीय र धार्मिक आस्थाका आधारमा सङ्घीय राज्य निर्माण गरे देश टुक्रिन्छ-उहाँले चेतावनी दिनुभयो ।
कार्यक्रममा राप्रपा नेपालका महामन्त्री टङ्क ढकालले परिवर्तन भएको तीन वर्षपुगिसक्दा पनि नेपाली जनताले व्यावहारिकरुपमा परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै उहाँले हिजो भारतका विरुद्ध सुरुङ खन्नेहरु आज लुकीलुकी भारतीय दूतावास जाने गरेको आरोप लगाउनुभयो।
Recent Videos:
Popularity: 18%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed